पोखरा । पोखरामा पहिलो पटक खेल्न आएको जापानको रिस्शो यूनिर्भसिटी टिमले नेपाल पुलिसलाई १–० ले पराजित गर्दै शसस्त्र प्रहरीको एपिएफ संग सेमीफाइनलमा आफ्नो भेट पक्का गरेको छ ।
जारी खेलमको पहिलो हाफमा रिस्शोले पुलिसलाई निकै दबावमा राख्यो । पहिलो हाफमा रिस्शोका गोल रक्षक तेइता मित्सोमोरीले बललाई एक पटक भन्दा वढी हातले छुनै परेन । निकै आक्रमक रुपमा मैदानमा खेल देखाएको रिस्शोले भने खेल अवधीभर एक मात्र गोल गर्ने अवसर जुरायो । जापानी टिमको पहिलो हाफमा खेलाडीको ओभर ल्यापिङ, बलमा पकड र टाइट डिफेन्सले पुलिसलाई खेल्न निकै चुनौती देखिन्थ्यो ।
खेलको पहिलो हाफको १९ औं मिनेटमा नातसुकी ताकेदाले दिएको क्रसबललाई डि एरिया भित्रै रहेका यासुताका सुजुकीले बललाई वन टचमा गोलको दिशा देखाए । सुजुककीले ३८ औं मिनेटमा हानेको प्रहारलाई गोललाइन नजिकै बाट बिक्रम धिमालले आर्कषक रुपमा क्लियर गरे भने ४२ औ मिनेटमा नातसुकी ताकेदाको पासलाई दाइची ओजावाको हेड मार्फत गोल गर्ने प्रयासलाई किपर शत्रुधन चौधरीले मुस्ुिकलले जोगाएका थिए ।
खेलको दोश्रो हाफमा कम व्याक गरेको पुलिसले निर कुमार राईको प्रहारलाई जापानी किपर तेइता मित्सोमोरीले मुस्किलले जोगाए किपरको हातमा लागेर रिवाउण्ड भएको बललाई भरत शाहको गोल गर्ने प्रयास भने विफल भयो ।
खेल पछि प्रतिक्रिया दिंदै नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले यो खेल बाट आफ्नो टिमले धेरै सिक्ने मौका पाएको बताए । उनले भने–“हाम्रो यो खेलमा सबै डिर्पाटमेन्टमा कमजोरी रह्यो, मोर्डन फुटबल के हो भन्ने बारे यो खेलले देखायो ।”
यता जापानी प्रशिक्षक ताकेश तोकाइरिनले पहिलो हाफमा खेलाडीको पर्दशन राम्रो भए पनि दोश्रो हाफमा त्यती जम्न नसकेको स्विकारे । “न त हामीलई विपक्षी टिम बारे थाहा थियो, हाम्रा खेलाडी दुई दिन अघि मात्रै पोखरा आएका हुन र यात्राको थकाई अझै झल्किन्छ, हामी अर्को म्याचमा राम्रो खेल्नेछौ” उनले भने । उनले मैदानको अवस्था त्यती राम्रो नभएको पनि स्विकारे ।
बुधबारको चौथो तथा अन्तिम क्वाटर फाइनल खेल तेश्रो मनकामना कपको डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी र ब्रिगेड ब्याइज कलबका विच हुने आयोजक एन्फा कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला