पोखरा । लिग बिजेता मनाङ मस्र्याङ्दीलाई हराउँदै क्यामरुनको डफिन्स मनकामना केबलकार पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । मनाङलाई सडनडेथमा पराजित गर्दै क्यामरुनको डफिन्स उपाधी नजिक पुगेको हो ।
निर्धारित समय र थपिएका अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा पुगेको खेल अन्ततः सडनडेथमा डफिन्स भाग्मानी बन्दै फाइनलमा स्थान शुरक्षित ग¥यो ।
टाइव्रेकरमा क्यामरुनका लागि विइक, प्रिसन दाजंगा, अरियल इनामे, यान्निक ओवना, जो अनुगुलाले गोल गरे भने सिलो म्याट्रिको प्रहार बाहिरिएको थियो । यता मनाङका लागि सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल रह्यो तर सुरज विश्वकर्माको प्रहार पोलमा लाग्दै बाहिरियो भने विमल रानाको पेनाल्टी बाहिरियो ।

निर्धारित समयमा खेलको ६६ मिनेटमा मनाङका कमल श्रेष्ठको आत्मघाति गोलले डफिन्सले खेलमा अग्रता बनाएको थियो । खेलको ८१ मिनेटमा मनाङका लागि विदेशी खेलाडी आफिज ओलावालेले उत्कृष्ट हेडिङ गोल गरे । अन्जन विष्टले मिलाएको हेड बलमा ओलावालले दोश्रो पटकको हेड गोल गोलमा परिणत भएको थियो ।
डफिन्सका विइक खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई पूर्व मन्त्री एवम समाजसेबी उत्तम पूनले नगद ५ हजारका साथमा ट्रफी प्रदान गरेका थिए । सोही कार्यक्रममा पूर्व मन्त्रि पूनले आयोजक एन्फा कास्कीलाई नगद ५० हजार प्रदान गर्ने घोषणा गरे ।
आइतबार डफिन्स र शसस्त्र प्रहरी बलको एपिएफ क्लबका विच फाइनल खेल हुने आयोजक एन्फा कास्कीले जनाएको छ ।
पोखरा स्पोर्टस Pic: Goalnepal
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’