पोखरा । लिग बिजेता मनाङ मस्र्याङ्दीलाई हराउँदै क्यामरुनको डफिन्स मनकामना केबलकार पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । मनाङलाई सडनडेथमा पराजित गर्दै क्यामरुनको डफिन्स उपाधी नजिक पुगेको हो ।
निर्धारित समय र थपिएका अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा पुगेको खेल अन्ततः सडनडेथमा डफिन्स भाग्मानी बन्दै फाइनलमा स्थान शुरक्षित ग¥यो ।
टाइव्रेकरमा क्यामरुनका लागि विइक, प्रिसन दाजंगा, अरियल इनामे, यान्निक ओवना, जो अनुगुलाले गोल गरे भने सिलो म्याट्रिको प्रहार बाहिरिएको थियो । यता मनाङका लागि सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल रह्यो तर सुरज विश्वकर्माको प्रहार पोलमा लाग्दै बाहिरियो भने विमल रानाको पेनाल्टी बाहिरियो ।

निर्धारित समयमा खेलको ६६ मिनेटमा मनाङका कमल श्रेष्ठको आत्मघाति गोलले डफिन्सले खेलमा अग्रता बनाएको थियो । खेलको ८१ मिनेटमा मनाङका लागि विदेशी खेलाडी आफिज ओलावालेले उत्कृष्ट हेडिङ गोल गरे । अन्जन विष्टले मिलाएको हेड बलमा ओलावालले दोश्रो पटकको हेड गोल गोलमा परिणत भएको थियो ।
डफिन्सका विइक खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई पूर्व मन्त्री एवम समाजसेबी उत्तम पूनले नगद ५ हजारका साथमा ट्रफी प्रदान गरेका थिए । सोही कार्यक्रममा पूर्व मन्त्रि पूनले आयोजक एन्फा कास्कीलाई नगद ५० हजार प्रदान गर्ने घोषणा गरे ।
आइतबार डफिन्स र शसस्त्र प्रहरी बलको एपिएफ क्लबका विच फाइनल खेल हुने आयोजक एन्फा कास्कीले जनाएको छ ।
पोखरा स्पोर्टस Pic: Goalnepal
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला