तनहुँ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा सुरु भएको छैटौं लखन स्मृति कपको उपाधि आदिकवि भानुभक्त क्याम्पस (बि) ले जितेको छ ।
प्रतियोगिताको अन्तिम दिन बिहिबार आदिकवि भानुभक्त क्याम्पस (ए) र आदिकवि भानुभक्त क्याम्पस (बि) बीच भएको फाइनल खेलमा आदिकवि भानुभक्त क्याम्पस (बि) बिजयी भएको छ । प्रतियोगितामा ३-० गोलअन्तरले आदिकवि भानुभक्त क्याम्पस (बि) बिजयी भएको हो ।
फाइनल खेलमा आदिकवि भानुभक्त क्याम्पस (बि) का अनिल आलेले २ गोल र मिलन थापाले १ गोल गरेका थिए ।
माघ २७ गते आइतबारदेखि सुरु भएको खेल फागुन २ गते सम्म भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५५५ र दोस्रो हुने टिमले १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। जिल्लाका विभिन्न कलेजका १४ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता अर्जुन राना, उत्कृष्ट खेलाडी समिन थापा र उत्कृष्ट गोलरक्षक अनिल अधिकारी भएका छ्न । उनिहरु लाई ट्रफी र मेडल दिइएको थियो ।
नेपालका प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा अन्तर कलेज सेभेन ए साइड खुल्ला छैटौं लखन स्मृति कप भएको हो । नेपालका प्रथम सहिद लखन थापा लाई सम्मान दिलाउन र खेलको माध्यमबाट राज्यलाई रचनात्मक दबाब दिन सो प्रतियोगिता गरिएको आयोजकले जनाएका छन ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जा मगर रहेका थिए ।
मगर सुधार समितिका उपाध्यक्ष इन्द्रबहादुर थापा, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, नेपाल मगर संघ तनहुँका सचिव एवं खेलकुद परिषद तनहुँका उपाध्यक्ष मणिराज थापा मगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’