तनहुँ । राष्ट्रिय सेवा दलको संस्थागत तालिममा सहभागि भएको सत्यवती माध्यमिक विद्यालयका क्याडेटहरु राष्ट्रिय स्तरमा उत्कृष्ट हुन सफल भएका छन् ।
स्वाभिमान एवं देशभक्त युवा जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय सेवा दलद्वारा २०७५ भदौ ५ गतेदेखि माघ २९ गतेसम्म सञ्चालन गरेको तालिममा सहभागि सत्यवती माविका एनसीसी सिनियर डिभिजनका क्याडेटहरु प्रथम हुन सफल भएको हो ।

एनसीसी सिनियर डिभिजन १४औं व्याचको वार्षिक २१ दिने क्याम्पमा आयोजित विविध विधाहरुको मुल्याङ्कन गर्दा सत्यवती प्लाटुनले राष्ट्रिय स्तरमा प्रथम स्थान प्राप्त गरी शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुस्कृत हुन सफल भएको छ ।
देशभरका विभिन्न विद्यालयहरुका प्लाटुनको सहभागिता रहेको ५ वटा प्रतिस्पर्धा मध्ये सत्यवतीबाट सहभागि १८ जना छात्र तथा १८ जना छात्रा क्याडेटहरुले छात्रहरुको १६०० मिटर दौड, भलिबल र फुटबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका थिए ।
यस्तै, छात्रहरुको १६०० मिटर दौडमा प्रथम तथा भलिबलमा द्वितीय स्थान प्राप्त गरेको थियो । गत वर्षको जुनियर डिभिजनमा सम्मिलित छात्रछात्राहरुले उत्कृष्ट प्रदर्शन गरेकोले क्याडेट अर्पणा खाँणले १६ दिने भारत भ्रमण गर्ने अवसर प्राप्त गरेकि थिइन ।
उक्त प्रतियोगिताबाट उत्कृष्ट भई आएका क्याडेटहरुलाई विद्यालयले एक कार्यक्रमको अयोजना गरी सम्मान गरेको छ ।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा एनसीसीका प्रशिक्षकहरु रोशन डाँगी र जीवन थामीले संयुक्त रुपमा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी एवं प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

विद्यालयका अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित उक्त सम्मान एवं पुरस्कार हस्तान्तरण कार्यक्रममा प्लाटुनका समन्वय शिक्षक अर्विन तामाङ्गले वार्षिक क्याम्पको अनुभव बताएका थिए ।
अध्यक्ष अधिकारी तथा प्रधानाध्यापक पौडेलले क्याडेटहरुलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा विशेष सहयोग पुर्याएको भन्दै प्रशिक्षकहरु रोशन डाँगी तथा जीवन थामी र समन्वय शिक्षक अर्विन तामाङ्गलाई प्रशंसापत्र र मायाको चिनोद्वारा सम्मान गरिएको विद्यालयका प्रशासन सहायक हरिश्चन्द्र कोइरालाले जानकारी गराए ।
सम्बन्धित खबर
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
बिरुवामा अध्यक्ष कप: वडा नं–६ ले जित्यो पुरुष भलिबलको उपाधि
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’