पोखरा । मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप यही फागुन ९ देखि सुरु हुँदैछ । फागुन १८ गतेसम्म सञ्चालन हुने १७ औं संस्करणको प्रतियोगितामा १० टीम सहभागी हुँदैछन् । प्रतियोगितामा २ विदेशी टीमको सहभागिता हुने आयोजक सहारा क्लबले जनाएको छ ।
प्रतियोगितामा विदेशी दुई टीम क्यामरुनको डफिन्स टीम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब हो । क्यामरुनले गत साता मनकामना केबलकार पोखरा कपको उपाधि जितेको थियो । नेपालका तीन विभागिय टीम सशस्त्र प्रहरी बलको ए.पि.एफ.क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ्ग मर्याङ्गदी क्लब, नेपालका चर्चित क्लबहरु थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा सहभागी हुने भएका छन् ।
एन्फाको कारण यस पटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चिँदा १० वटा मात्र टिमको सहभागिता हुने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । क्याराभान गोल्ड कप सहित १७ औं संस्करणको फुटवल प्रतियोगिता गर्दासम्म १२ टीम रहेकोमा यस बर्ष भने १० टिमको मात्र सहभागिता हुने भएको हो ।
प्रतियोगितामा विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उपबिजेतालाई ५० हजार पुरस्कार राषिमा वृद्धि गरिएको हो ।प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिताको अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जनालाइ नगद ३५ हजारको साथमा सम्मान गनिरे भएको क्लबले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो ।
यस अघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने भनि एन्फा केन्द्रले खेल तालिका सार्वजनिक गरेको थियो । पोखरामा अर्काे फुटवल प्रतियोगिता एकै समयमा दुई दिनको अन्तरालमा हुने भए पछि क्लवले पुनः अर्को मितिमा उक्त प्रतियोगिता संचालनको लागि मिति माग गरेको थियो । मनकामना केबलकार पोखरा कप २०७५ यही माघ १५ देखि २७ गतेसम्म पोखरामा सम्पन्न भएको छ । गत बर्षको विजेता नेपाल पुलिस क्लब हो ।

सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’