पोखरा । मुलुककै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप यही फागुन ९ देखि सुरु हुँदैछ । फागुन १८ गतेसम्म सञ्चालन हुने १७ औं संस्करणको प्रतियोगितामा १० टीम सहभागी हुँदैछन् । प्रतियोगितामा २ विदेशी टीमको सहभागिता हुने आयोजक सहारा क्लबले जनाएको छ ।
प्रतियोगितामा विदेशी दुई टीम क्यामरुनको डफिन्स टीम फेम्ली फुटबल क्लब र भारतको सिक्किम युनाईटेड क्लब हो । क्यामरुनले गत साता मनकामना केबलकार पोखरा कपको उपाधि जितेको थियो । नेपालका तीन विभागिय टीम सशस्त्र प्रहरी बलको ए.पि.एफ.क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता मनाङ्ग मर्याङ्गदी क्लब, नेपालका चर्चित क्लबहरु थ्रिस्टार क्लब, हिमालयन शेर्पा क्लब, संकटा क्लब र आयोजक सहारा क्लब पोखरा सहभागी हुने भएका छन् ।
एन्फाको कारण यस पटक प्रतियोगिताको अवधि १० दिनमा खुम्चिँदा १० वटा मात्र टिमको सहभागिता हुने भएको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । क्याराभान गोल्ड कप सहित १७ औं संस्करणको फुटवल प्रतियोगिता गर्दासम्म १२ टीम रहेकोमा यस बर्ष भने १० टिमको मात्र सहभागिता हुने भएको हो ।
प्रतियोगितामा विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र उपबिजेतालाई ५० हजार पुरस्कार राषिमा वृद्धि गरिएको हो ।प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई स्कुटर पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिताको अवधिमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जनालाइ नगद ३५ हजारको साथमा सम्मान गनिरे भएको क्लबले जनाएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुन लागेको हो ।
यस अघि माघ २९ देखि फागुन ११ गतेसम्म आहा रारा गोल्ड कप हुने भनि एन्फा केन्द्रले खेल तालिका सार्वजनिक गरेको थियो । पोखरामा अर्काे फुटवल प्रतियोगिता एकै समयमा दुई दिनको अन्तरालमा हुने भए पछि क्लवले पुनः अर्को मितिमा उक्त प्रतियोगिता संचालनको लागि मिति माग गरेको थियो । मनकामना केबलकार पोखरा कप २०७५ यही माघ १५ देखि २७ गतेसम्म पोखरामा सम्पन्न भएको छ । गत बर्षको विजेता नेपाल पुलिस क्लब हो ।

सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला