पोखरा । भूतपूर्व खेलाडी मंच नेपालद्वारा आयोजित १३ औं संस्करणमा विभागिय धावकहरुको वर्चश्व रह्यो । प्रतिकुल मौसमका बावजुद पनि शुरु भएको म्याराथनमा नेपाली सेनाका हरी रिमालले उपाधि जिते । पहिलो पटक प्रथम, द्वितिय र तृतिय हुने धावकहरु पोखरा रंगशालामा एकै पटक छिरेका थिए । रिमालले जम्मा १० माइक्रो सेकेन्डको अन्तरमा उपाधि चुम्न सफल भए । २ घन्टा ४० मिनेट १० माइक्रो सेकेन्डमा ४२ किलोमिटर पार गर्दै रिमालले म्याराथनको उपाधि चुम्न सफल हुँदा सशत्र प्रहरी बलका खिमबहादुर खत्रीले २ घन्टा ४० मिनेट २० माइक्रो सेकेन्डमा लक्ष्य चुम्दै दोस्रो भए ।
२ घन्टा ४१ मिनेट १७ सेकेन्डमा नेपाल प्रहरीका भूमिराज राइले लक्ष्य पूरा गर्दै तृतीय स्थान हात परे । २ घन्टा ४२ मिनेट ५५ सेकेन्डमा निश्चित दूरी पार गर्दै नेपाली सेनाका पूर्ण तामाङ शान्त्वना भए । म्याराथनको उपाधि चुमेका रिमालले नगद १ लाख रुपैयाँ हात पारे भने दोस्रो भएका खिमबहादुरले ७० हजार रुपैयाँ र तृतीय भूमिराजले ५० हजार रुपैयाँबाट पुरस्कृत भएका छन् । शान्त्वना भएका पूर्ण तामाङले ७ हजार रुपैयाँ प्राप्त गरे ।
म्याराथनको उपाधि चुमेका हरि रिमाल १२ औं संस्करणको म्याराथनमा दोस्रो भएका थिए भने तृतीय भूमिराज राई यसअघिको म्याराथन बिजेता थिए । अघिल्लो वर्ष कास्कीको अन्नपूर्ण आधार शिविरबाट भएको अन्नपूर्ण म्याराथनमा हरिले उपाधि जितेका थिए ।
१० किमी पुरुषतर्फको दौडमा तिनै वटा उपाधि नेपाली सेनाले हात पा¥यो । क्रमशः विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी पहिलो, दोस्रो र तेस्रो भए । १० किमी महिलातर्फको दौडमा नेपाली प्रहरीकी राजपूरा पछाईं, सशत्र प्रहरी बलकी वृन्दा श्रेष्ठ र नेपाली सेनाकी सरिता वंशी तृतीय भइन् ।
५ किमी दौडमा छात्र–छात्रा सहभागी थिए । जसमा छात्रतर्फ सहिद स्मृतिको तुलबहादुर घर्तीमगर र छात्रातर्फ बेसलाइन एकेडेमीका ललिता लामिछानेले उपाधि जिते । ललिता यो सहित तोश्रो पटक उपाधी जितेकी हुन । उनीहरुले जनही ५÷५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र हेमबहादुर गुरुङ तृतीय भए । यस्तै महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा विक क्रमशः प्रथम, द्वितीय र तृतीय भई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ जिते ।
१०० मिटर दृष्टिविहीन दौड पुरुषतर्फको दौड बि वानमा आदेश बस्याल, सुनील राना, प्रेम क्षेत्री क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । यस्तै बि टूमा दुर्गादत्त पौडेल प्रथम, आशिष खड्गी द्वितीय र राम गुरुङ तृतीय भएका छन ।
दृष्टि बिहीन महिला तर्फको बि वानमा रिता देवी थापा, बिपना खनाल र माया गौतम पहिलो, दोस्रो र तेस्रो भएका छन् । यसैगरी बि टूतर्फ बिनिता पुन प्रथम, सरिता घिमिरे द्वितीय र सुकु बिक तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुँदै क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ प्राप्त गरे ।
‘दौडौं पोखराका लागि, दौडौं स्वास्थ्यका लागि’ भएको उक्त म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै धावकसँगै ४ सय मिटर दौडेका थिए । कार्यक्रम भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको थियो ।
म्याराथनका विजेतालाई सामाजिक विकासमन्त्री नरदेवी पुन, सांसद मोहन रेग्मी, कृष्ण थापा, लक्ष्मी हाउसका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ लगायतले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सामाजिक अभियानका लागि दौडे अभियन्ताहरु
१३ औं संस्करणको म्याराथनमा पोखरा म्याराथनमार्फत माछापुच्छ्रे हिमाल आरोहण खुल्ला गर्न नागरिकका तर्फ बाट दवाब दिन माछापुच्छ्रे गाउँपािलका अध्यक्ष सहित ५० जनाको टोली म्याराथनमा सहभागिता जनाएको थियो । त्यसै गरि भलिबलकी पूर्व राष्ट्रिय खेलाडी एवम प्रशिक्षक मञ्जु गुरुङ व्रेष्ट क्यान्सर विरुद्धको अभियानमा म्याराथनमा दौडिन । उनले च्यारिटी मार्फ २ लाख ३ हजार संकलन गरेको जानकारी दिइन ।
म्याराथनमा विदेशमा रहेका नेपालीहरुको सहभागिता
विश्वको विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरु यसपटक पोखरा म्याराथनमा सहभागिता जनाउन पोखरा आएका थिए । पूर्व अन्तराष्ट्रिय किर्तिमानधारी धावक कुशाङ गुरुङको नेतृत्वमा करिब ४० जनाको टोली बेलायत बाट पोखरा आएको थियो भने अमेरिकाको वोष्टन र हङकङ बाट समेत उनीहरु आएका थिए ।
– केशब पाठक/पोखरा स्पोर्टस, तस्विरः सुदर्शन रंजित
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती