बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं ८ (साबिक छिस्ती गाविस) मा फागुन ७ गते साँझ भएको पीकअप जीप दुर्घटनाको कारण सिकारु चालक र साँघुरो सडक भएको खुलेको छ ।
छिस्ती स्थित जनकल्याण माध्यमिक बिद्यालयको बार्षिकोत्सवमा सहभागी भएर घरतर्फ फर्किने क्रममा पीकअप जीप दुर्घटना हुँदा सोही बिद्यालयमा अध्ययनरत तीन जना छात्राहरु क्रमशः प्रियंका पुन, एलिना पुन र ज्योति पुन तथा बिद्यालयकी लेखापाल टीका पुनको दुखद मृत्यु भएको थियो । यस दुखद घटनाले सिँगो छिस्ती शोकमा डुबेको छ भने मृतकका घरपरिवारमा रुवाबासी छ ।
स्थानीयहरुले जीपका चालक १८ वर्षिय प्रविण पुन पनि सोहि बिद्यालयको बिद्यार्थी भएको बताएका छन् । उनले सवारी चालक अनुमति पत्र लिए नलिएकोमा स्थानीयले अनभिज्ञता जनाए ।गाउँघरका सडकहरुमा सवारी साधन चलाउने चालकहरुले सवारी चालक अनुमति पत्र लिए नलिएको समय समयमा ट्राफिक प्रहरीले चेक गर्नुपर्ने आवश्यकता रहेको छिस्तीको दुर्घटनाले देखाएको छ ।

जीपमा सवार अधिकांश बालबालिकाहरु सोहि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु हुन् । गंभीर घाईते ४ जनालाई थप उपचारका लागी पोखरा रिफर गरिएको छ भने धौलागिरी अन्चल अस्पचालमा भर्ना गरिएका केहि घाईतेहरु डिस्चार्ज भैसकेका छन् ।

सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा