लन्डन (एजेन्सी) – कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको लिने नभई सबै फुटबल समर्थकको दिमाग खल्बल्याउने तस्बिर सार्वजनिक गरेको छ । प्रतियोगिताको सुरक्षासम्बन्धि प्रश्न उठिरहँदा सो तस्बिर सार्वजनिक भएको हो ।
सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै छन् र उनलाई ज्यान लिन तयारी अवस्थामा राखिएको बनाईएको छ । आफ्ना मुस्लिम देशहरु सुरक्षित नभएसम्म कतै सुरक्षित नहुने आईएसको पोस्टरमा लेखिएको छ ।

लगत्तै अर्का फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई पनि नेयमारकै हालतमा राखिएको तस्विर सार्वजनिक गरेको छ ।

यो फोटो इस्लामिक स्टेट मिडिया फाउन्डेसनद्वारा फोटोसप गरिएको हो । यस तस्बिरप्रति चिन्ता व्यक्त गर्दै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो टापियाले रुससँग सुरक्षासम्बन्धि छलफल पनि गरेका छन् ।
यस्तो क्रुर तस्विर सार्जजनिक भएपछि खेलाडी तथा विश्वभरका समर्थक, फुटबलप्रेमीहरुले खेद प्रकट गरेका छन् । सामाजिक सञ्जालमा खेलाडीको मनोबल गिराउने यस्ता हर्कत नगर्न आग्रह गरिएको छ ।
यसअघि आईएसले मेस्सीलाई जेलभित्र राखिएको तथा प्रशिक्षक डिडियर डेसक्याम्पमाथि बन्दुक तेर्साइएको तस्बिर सार्वजनिक गरेको थियो ।

विश्वकप २०१८ को प्रतियोगिता स्थल रहेको भोल्गोग्राड एरिनामा एक आईएस लडाकुको बम सहितको तस्बिर पनि विश्वकपलाई लक्षित गरेर आईएसले सार्वजनिक गरेको थियो ।
विश्व खेलकुदमै सबैभन्दा ठूलो र लोकप्रिय मानिने विश्वकपको आउने संस्करण सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म खेलिने छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा