पोखरा । ८ औँ राष्ट्रिय खेलका लागि छनोट भएका खेलाडीले खेलकुद विकासमन्त्री जगत विश्वकर्माले खेलाडीलाई सम्मान नगरेको गुनासो गरेका छन् ।
शनिबार मन्त्रीको हातबाट मेडल, प्रमाणपत्र ग्रहण गर्न पोखरा रंगशालामा २ घन्टा प्रतीक्षा गरी खेलाडी बसेका थिए । पोखरामा रंगशालामा लगभग ३० मिनेट भाषण गरेका मन्त्रीले खेलाडीलाई वास्ता नगरेको नेपाल क्युकोसिन बुदोकाइ कराँतेका प्रमुख राजेन्द्र सुवेदीले गुनासो गरे ।
समाधान दैनिकका लागि सुरेशराज अधिकारीले नयूज लेखेका छन् । केही समय अघि झापामा जारी प्रथम गिरिजाप्रसाद कोइराला स्मृति प्रदेश स्तरीय हक्की प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी र प्रदेशमा छनोट भएका हक्कीका खेलाडी, हेटौंडामा जारी सहाना कप महिला हक्की प्रतियोगितामा कास्य पदक विजेता खेलाडीले पनि मन्त्रीको हातबाट टिका लगाउन मन्त्री आउन भन्दा १ घन्टा अघिदेखि कुरेर बसेको बताए ।
पौडीका खेलाडी र फुलकन्ट्रयाक कराँते खेलाडी पनि मन्त्रीको हातबाट टिका लगाउने आशामा थिए । तर मन्त्रीले भने खेलाडी सम्मान गर्न आफूसँग समय नभएको भन्दै २ घन्टा मन्त्रीको प्रतीक्षा गरेका खेलाडीलाई निराश पारे । उनले रंगशालाबाट बिहेमा जान हतार गरेका थिए ।
‘हामीलाई मन्त्रीज्यूको हातबाट पुरस्कार लिन भनेर बोलाए,‘१ खेलाडीले भने,‘२ घन्टादेखि कुरेर बस्यांै, मन्त्री निस्कनु भयो ।’ सम्मानको लागि आएका मन्त्री कार्यक्रम छोडेर बिहेमा गएपछि खेलाडीमात्र नभई विभिन्न जिल्लाबाट आएका कोचले समेत दुख लागेको बताएका छन् ।
खेलाडीले आफूलाई क्षेत्रीय खेलकुद विकास समिति तथा आयोजकले नै मन्त्रीको हातबाट सम्मान पाउने भन्दै बोलाएको तर नपाएको गुनासो गरे । चैत्र मसान्तमा ८ औ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने खेलकुद मन्त्री जगत विश्वकर्माले जानकारी दिए ।
अहिले विभिन्न प्रदेशमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको छनोट भइरहेको छ । उनले खेलकुदको लागि नेपालभर नै भौतिक पूर्वाधारको विकास नभएर खेलमा विकास ढिलो भएको बताए । उनले काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद निर्माण गर्ने बताए ।
नेपालमा खेलकुदको विकासको लागि ७ प्रदेशमा नै रंगशाला निर्माण गर्ने जानकारी दिए । ७ प्रदेशको रंगशाला निर्माणको लािग आउने आर्थिक वर्षमा नै बजेट छुट्याउने मन्त्री विश्कर्माको भनाइ छ ।
देशको ७ सय ५३ स्थानिय तहमा नै खेलमैदान निर्माण गर्ने लगायतका योजना सुनाउँदै उनले नेपालको खेलकुद क्षेत्रको समस्या समाधान गर्ने बताए । उनले खेलकुदमा नयाँ प्रतिभा जन्माउनको लािग खेलकुदमा नयाँ खेलाडी ल्याउनुपर्ने बताए ।
आउने आर्थिक वर्षदेखि अन्तर्राष्ट्रिय पदक विजेतालाई ५ हजार र ओलम्पिक विजेतालाई मासिक ३ हजार सहित खेलाडीको दुर्घटना तथा स्वास्थ्य बिमा गरिने उनले जानकारी दिए । नेपालमा खेललाई विकास गर्न नसके समृद्ध नेपाल बन्न नसक्ने विश्वकर्माको भनाइ छ ।
८ औँ राष्ट्रिय खेलकुदको लागि पश्मिाञ्चल खेलकुद विकास समितिले फागुन ३ गतेदेखि गण्डकी प्रदेश स्तरीय खेलाडी छनोट गरेको थियो । शनिबारसम्म सम्पूर्ण विधाका खेलाडी छनोट प्रक्रिया भएको पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष सम्पन्नमान श्रेष्ठले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो