पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची–महाकाली स्वाभिमान यात्रा लिएर अध्यक्ष कमल थापा पोखरा आएका छन् । फागुनको १५ गते पुर्वको ताप्लेजुङ जिल्लाको पाथीभरा मन्दिरबाट शुरु गरिएको यो यात्रा पश्चिम महाकालीको कञ्चनपुर हुँदै पोखरा आई पुगेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र कायम गर्न र लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नका लागि आफ्नो पार्टीले स्वाभिमान यात्रा थालेको प्रस्टाए । सो यात्राले गाउँघर ब्युँझने र जनताहरु जागरुक हुने थापाले विश्वास व्यक्त गरेका छन् ।
‘विदेशीहरुको दवावमा परेर राजनीतिक दलका नेतृत्वले हिन्दू धर्मको वेवास्ता र राजसंस्थालाई विस्थापित गरेका छन् ।’ उनले भने ।
उनले १२ वर्षे राजनीतिक अभ्यासमा राष्ट्रिय विखण्डन, गरिवी र बेरोजगारी समस्या, लोकतन्त्रको नाममा लुटतन्त्र, धर्म र संस्कृतिमाथि प्रहार, सर्वसत्तावादी सोंच र पुनः माओवादी शक्तिको उदय गराएको उल्लेख गरे ।
‘माओवादीलाई शान्तिको मूलधारमा ल्याउने वहानामा मुलुकबाट राजसंस्था र हिन्दू राष्ट्र खोसिएको छ,’ उनले भने, ‘देश हिन्दू राष्ट्र बन्नुपर्छ । राजसंस्थालाई कायम राख्नुपर्छ ।’
‘स्वाभिमान कुनै दल विशेष र धर्मको विरोधमा होइन,’ उनले भने, पार्टीले उठाएको एजेण्डालाई स्थापना गर्नका लागि हो । धर्म निरपेक्ष होइन, सापेक्ष बन्नुपर्छ । देशमा सापेक्ष हिन्दू राष्ट्र कायम हुनुपर्छ । धर्म निरपेक्षताले द्धन्द्ध निम्त्याउँछ ।’ अर्का नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय पहिचानलाई राज्यले बचाउनुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु