पोखरा । पोखराको गण्डकी मेडिकल कलेजको विषयमा तत्काल छानविन गर्नुपर्ने माग राख्दै विभिन्न विद्यार्थी संगठनहरुलेले त्रिविलाई ७२ घण्टे अल्टीमेटमसहित डिन कार्यालयमा ताला लगाएका छन् । पोखरा गण्डकी मेडिकल कलेजमा विद्यार्थीमाथि गरिएको चरम लुट र शोषणका विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेको ढेड महिना वितिसक्दा पनि त्रिवि डिन कार्यालयले कुनै पनि चासो नदिएको भन्दै आज विभिन्न विद्यार्थी संगठनले ताला लगाएको हो ।
अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूकी अध्यक्ष नविना लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ७२ घण्टाभित्र माग सम्बोधन गर्नुपर्ने भन्दै अल्टिमेटम बुझाउँदै तालाबन्दी गरिएको हो । सरकार र त्रिवि चिकित्साशास्त्र शिक्षा अध्ययन संस्थानको शुल्क मापदण्डको अवज्ञा गरी तोकिएको भन्दा लाखौँ रकम बढी लिने कजेल प्रशासनविरुद्ध अहिले सो कलेजका विद्यार्थीहरु आन्दोलनमा रहेका छन् ।
उक्त कलेजमा हाल पठनपाठन सबै ठप्प रहेको छ भने अस्पताल अस्तव्यस्त अवस्थामा रहेको छ । सो कलेजका विद्यार्थीहरु परीक्षाबाट समेट वञ्चित भएका छन् । त्रिविले प्रशासनसँगको छलफलबाट समस्या समाधान गर्नुको सट्टा उल्टै विद्यार्थीसँग मुद्धामामिला गर्ने र सम्बन्धित कलेज सञ्चालक समेत फरार हुनुले थप जटिलता थपिदै गएको छ ।
डेढ महिनादेखि कलेज र अस्पताल ठप्प हुँदा पनि त्रिविको डिन कार्यालयले खासै चासो नदिएकोले ७२ घण्टाभित्र समस्या समाधानतिर जानुपर्ने विद्यार्थी संगठनको माग छ । तोकिएको समयमा पनि माग सम्बोधन नगरेको खण्डमा त्रिविको उपकुलपति कार्यालय र चिकित्साशास्त्र अध्ययन संस्थानको डिन कार्यालयमा डिनलाई प्रवेश निषेध गर्ने, विश्वविद्यालय पदाधिकारी र डिनको राजीनामा माग गर्ने विद्यार्थी संगठनहरुले जनाएका छन् ।
सम्बन्धित मेडिकल कलेजमा देखिएको समस्याको समाधान नभएको खण्डमा शिक्षा मन्त्रालयविरुद्ध समेत संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विद्यार्थी संगठनको माग
विद्यार्थीको भविष्य चौपट पारेर फरार भएका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने, विद्यार्थीसँग तोकिएको मापदण्ड भन्दा बढी लिएको सम्पूर्ण शुल्क तत्काल फिर्ता गर्नुपर्ने, नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिएको–नलिएको बारेमा छानविन गर्न त्रिवि र नेपाल मेडिलक काउन्सिलद्धारा छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर हदैसम्मको कारवाही गर्नुपर्ने लगायतको माग राखेका छन् ।

यस्तै, स्वतन्त्र विद्यार्थी यूनियनले पनि विद्यार्थी संगठनको मागसँग सहमति जनाउँदै तत्काल छानविन हुनुपर्ने माग राखेको छ । स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष डा.मिलन गैरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा पनि आफ्नो ६ बुँदे मागलाई अघि सार्दै डिन कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो