पोखरा । आइतबारदेखि सुरु हुने एसईई परीक्षाका लागि देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनमा कमी आएको माध्यमिक शिक्षा परिषदका प्रमुख विष्णु प्रसाद अधिकारीेले जानकारी दिए ।
गत वर्षभन्दा एसईई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीले बताए । यस वर्षको परीक्षामा दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा सहभागी हुँदैछन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् ।
परीक्षाका लागि देशभरबाट एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।
गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए । यता गण्डकी प्रदेशमा आइतबारदेखि सुरू हुने एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
नियमिततर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागिता जनाउन लागेको गण्डकी प्रदेश सामाजिक शैक्षिक योजना तथा महाशाखाका उपसचिव दामोदर सुवेदीले जानकारी दिए । उनले गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरू परीक्षामा सहभागिता जनाउन लागेको बताए ।
उनका अनुसार सबभन्दा धेरै कास्कीबाट ३२ परीक्षा केन्द्रमा १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । त्यसैगरी, सबभन्दा कम मनाङ ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। स्याङ्जामा ३३ केन्द्रबाट ५ हजार ९ सय ३९ जना, गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट २४ केन्द्रबाट ६ हजार ६ सय ४४ विद्यार्थी, मुस्ताङबाट एक केन्द्रबाट १ सय ५६ जना विद्यार्थीले सहभागिता जनाउन लागेको सुवेदीले जानकारी दिए।
त्यसैगरी, म्याग्दीबाट ९ केन्द्रबाट २ हजार २ सय ७३ जना, बाग्लुङबाट ३१ बाट ५ हजार ५ सय ४८, तनहुँबाट २४ बाट ६ हजार ३ सय ५७ विद्यार्थी, लम्जुङ १८ केन्द्रबाट २ हजार ९ सय ९०, गोरखाबाट २५ केन्द्रबाट ४ हजार ४ सय २१, पर्वतबाट १९ केन्द्रबाट २ हजार ८ सय १४ विद्यार्थी सहभागी हुने उनले बताए ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’