पोखरा । आइतबारदेखि सुरु हुने एसईई परीक्षाका लागि देशभरबाट कुल चार लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसईईमा सहभागी हुने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनमा कमी आएको माध्यमिक शिक्षा परिषदका प्रमुख विष्णु प्रसाद अधिकारीेले जानकारी दिए ।
गत वर्षभन्दा एसईई परीक्षामा सहभागी हुने विद्यार्थी संख्या करिब साढे १० हजार कम भएको अधिकारीले बताए । यस वर्षको परीक्षामा दुई लाख ३६ हजार चार सय ४५ छात्र र दुई लाख ३८ हजार पाँच सय ५८ छात्रा सहभागी हुँदैछन् । परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् ।
परीक्षाका लागि देशभरबाट एक हजार नौँ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा सबैभन्दा बढी प्रदेश, ३ बाट विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेश, ३ बाट एक लाख ६ हजार दुई जना परीक्षार्थी सहभागी हुने भएका हुन् ।
गत वर्ष एसईई परीक्षामा नियमित र एक्जाम्टेडतर्फबाट कुल चार लाख ८५ हजार पाँच सय ८६ जना परीक्षार्थी सहभागी भएका थिए । यता गण्डकी प्रदेशमा आइतबारदेखि सुरू हुने एसइई परीक्षमा ४८ हजार १ सय ४६ जना विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
नियमिततर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जनाले सहभागिता जनाउन लागेको गण्डकी प्रदेश सामाजिक शैक्षिक योजना तथा महाशाखाका उपसचिव दामोदर सुवेदीले जानकारी दिए । उनले गण्डकी प्रदेशका ११ जिल्लामा २ सय १७ केन्द्रबाट विद्यार्थीहरू परीक्षामा सहभागिता जनाउन लागेको बताए ।
उनका अनुसार सबभन्दा धेरै कास्कीबाट ३२ परीक्षा केन्द्रमा १० हजार ९ सय ५१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् । त्यसैगरी, सबभन्दा कम मनाङ ५३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। स्याङ्जामा ३३ केन्द्रबाट ५ हजार ९ सय ३९ जना, गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट २४ केन्द्रबाट ६ हजार ६ सय ४४ विद्यार्थी, मुस्ताङबाट एक केन्द्रबाट १ सय ५६ जना विद्यार्थीले सहभागिता जनाउन लागेको सुवेदीले जानकारी दिए।
त्यसैगरी, म्याग्दीबाट ९ केन्द्रबाट २ हजार २ सय ७३ जना, बाग्लुङबाट ३१ बाट ५ हजार ५ सय ४८, तनहुँबाट २४ बाट ६ हजार ३ सय ५७ विद्यार्थी, लम्जुङ १८ केन्द्रबाट २ हजार ९ सय ९०, गोरखाबाट २५ केन्द्रबाट ४ हजार ४ सय २१, पर्वतबाट १९ केन्द्रबाट २ हजार ८ सय १४ विद्यार्थी सहभागी हुने उनले बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार