पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका २४ वर्षीय सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो ।
उनी बिग्रिएर मर्मतका क्रममा रहेको ट्रकका चालक हुन् । ट्रकको ठक्करबाट किरण राई घाइते भएका छन् । उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारका लागि पोखरा ल्याईएको छ ।
बिग्रिएर बनाउन लागेको ना १ ख ६१४२ नं को ट्रकलाई ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिँदा ट्रक चालक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८४ नं को हाइलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ट्रकको ब्रेक फेल भएको देखिएको छ ।
यसअघि गत बिहीबार राति तनहुँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। भिमादबाट पुरानो रिसिङ जाँदै गरेको बस सडक छेउ पल्टिदा रिसिङ गाउँपालिका–६ बस्ने ५३ वर्षीय नेत्रबहादुर मगरको मृत्यु भएको थियो।
http://gandaknews.com/ghasikuwa/
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु