पोखरा, ९ चैत । पातन्जल योग समिति नेपाल, गण्डकी प्रदेश र कास्की जिल्ला समितिको संयुक्त आयोजनामा शनिबार पोखरामा भएको रक्तदान कार्यक्रममा ६३ जनाले रगत दान गरेका छन् । महेन्द्रपुलचोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले पहिलो रक्तदाता सपना गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिन् ।
सो अवसरमा प्रमुख अतिथि गुरुङले समितिको सल्लाहकारको जिम्मेवारी समेत लिईन् । पतन्जली योग समितिमा वर्षौंदेखि क्रियाशील सदस्यहरुले अब आफ्नै मुलुकमा दर्ता भई छुट्टै रुपमा सञ्चालन गर्ने गरी पातन्जल योग समिति संस्था गठन गरेका हुन् । पतञ्जली योग समितिबाट केही पनि सहयोग नमिल्ने तर यहाँबाट भएका आर्थिक लाभ समेत भारत पठाउनुपर्ने भएपछि आफ्नो मुलुकलाई माया गर्नेहरुले पातञ्जल योग समिति गठन गरेका हुन् ।
सांसद गुरुङले आफूले पातञ्जल योग समितिलाई गर्नुपर्ने सहयोग गर्न सधैं तत्पर रहेको उल्लेख गरिन् । स्वस्थताका लागि योग अनिवार्य भएकाले यसको महत्वबारे नागरिकलाई जानकारी गराउँदै यस्तै सामाजिक गतिविधि गर्दै अघि बढ्न उनको सल्लाह थियो । सो अवसरमा सल्लाहकारहरु राजु सुवेदी र रमा श्रेष्ठ, केन्द्रिय सदस्य प्रदीपकुमार श्रेष्ठ, समितिका कास्की जिल्ला अध्यक्ष सुरेश श्रेष्ठले शुभकामना व्यक्त गरे ।
समितिका गण्डकी प्रदेश महासचिव रश्मी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण प्रसाद कोइरालाले स्वागत गरे । कार्यक्रमको सञ्चालन कास्की जिल्ला सचिव कमला गुरुङले गरेकी थिईन् ।


सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने