पोखरा, २३ कार्तिक / पोखरा रंगशालाको फुटवल रंगशाला निर्माणका लागि चीनको कम्पनीले चासो दिएको छ । उसले १० महिनाभित्रै बनाउन सक्ने दाबी गरेको छ । मंसिरको पहिलो साता टेण्डर आह्वान संगै विदेशी कम्पनीहरुले चासो दिन थालेका छन ।
यस क्रमसंगै विदेशी कन्सट्रक्सन कम्पनीहरु पोखरा रंगशालाको फिल्ड भिजिट गर्न थालेको पश्चिमाञ्चल ्क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
दुई दिन सम्म दिनभरी जसो एक चिनिया निर्माण कम्पनीले पोखरा रंगशालाको निरिक्षण गरेको थियो । पोखरा रंगशालामा अवस्थित मिडिया सेन्टरमा कम्पनीका महाप्रवन्धक सहित कम्पनीका अन्तराष्ट्रिय सम्पर्क अधिकारीले कम्पनीका विभिन्न देशमा निर्माण गरेका रंगशालाका वारेमा प्रस्तुती समेत दिएका थिए ।
रंगशाला निर्माणमा दख्खल राख्ने चिनको सिमइ कन्सट्रक्सन कम्पनीका सम्पर्क अधिकारी सिमोन यि ले हाल सम्म उक्त कम्पनीले चिन लगाएत भारत, वर्मा कगों, अफगानिस्तान, मगोलिया लगाएतका १६ देशमा रंगशाला निर्माण गरिसकेको अनुभव सुनाए । उक्त कम्पनीले चिनमा ४० हजार दर्शक क्षमताको आलोम्पिक स्टेडेयिम निर्माण गरेको उनले वताए ।
कम्पनीका महाप्रवन्धक सिङ्ग वाङ्ग ले पोखरा रंगशाला १० महिना भित्र सम्पन्न गरिसक्नु पर्ने चुनौती रहेको वताए । उनले दाविका साथ भने ‘कुनै पनि निर्माण कम्पनीका लागि यो चुनौती नै हो तर हाम्रो निर्माण कम्पनी वाहेक ।’
पोखरा रंगशाला २० हजार दर्शक क्षमताको सुविधा सम्पन्न हुने वताइएको छ । रंगशालको फुटवल मैदानको झार उर्मान मात्रै १६ महिना लाग्ने भएकोले यदि आफुले टेण्डर पाएमा चिनिया कम्पनीले फिफाले मान्यता दिएको टर्फ (नक्कली झार) लगाउने वताएको छ ।
कम्पनीका अनुसार रंगशाला पुरै स्टिल फ्रेमको हुने र पोखरामा हावाको गतिलाई चिर्न प्राविधिक रुपमा सुधार गर्ने उनिहरुले वताएका छन । त्यसै गरि १ सय जना सम्म अपाङ्गहरुका लागि सिट समेत छुट्टाइने छ भने ८ लेनको ट्रयाक आइएएफ मान्यता प्राप्तको हुनेछ । उक्त कम्पनीले वताए अनुसार यदि दिनहुँ जसो रंगशाला व्यस्त रहेको खण्डमा पनि यसको आयु ३० देखि ३५ वर्षको हुनेछ ।

मंसिरको पहिलो साता विडिङ्ग गर्नु पर्ने हालै राष्टिय खेलकुद परिषदले निकालेको टेण्डर आह्वानमा उल्लेख गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले १३ औं सागलाई मध्येनजर गर्दै टेण्डर आह्वानमा भनिए वमोजिम काम सक्ने कम्पनीलाई मात्र निर्माण कार्य सुम्पिनु पर्ने वताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला