रञ्जन अधिकारी । सबैभन्दा बढी जनगुनासो रहने कार्यालय के हो ? तपाईंलाई पक्कै थाहा छ नापी, मालपोत, यातायात … यस्तै यस्तै । समयमै काम नगरिदिने, फाइल नै फेला नपर्ने, नगद नारायण नटक्र्याइ वरको फाइल पर पनि नसर्ने आरोपबाट मुक्त हुन नसकेका यी कार्यालय पेपरलेस, स्मार्ट बनाइने योजना त सरकारको पहिल्यैदेखि हो । तर सेवाग्राहीले खेप्नुपरेको सास्ती कम भएकै छैन । स्मार्ट लाइसेन्स हातमा पर्ने त कहिले हो कहिले ? यसकै प्रक्रियाका लागि फोटो खिच्ने चरणबाटै सास्ती सुरु हुन्छ यातायात कार्यालयमा ।
सोमबार दिउँसो यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी कार्यालय परिसरमा कोहि घाममा लाइनमै थिए, कोहि घाम छल्न कुनाकुनामा थुचुक्क बसेका थिए । भित्र कर्मचारी फुर्सदिला थिए । कारण, सिष्टमले काम नगरेर सेवाग्राहीको काम हुनै पाएन । त्यही भिडमा थकित मुद्रामा भेटिए एन्फाका फुटबल प्रशिक्षक शम्भु केसी । ‘नविकरण गर्ने टाइम जान लाग्यो । जापानबाट फर्किनासाथ हतारिए आएको, सिष्टम चलेन, सर्भर गयो यस्तै यस्तै छ ।’ केसीले गुनासो गरिहाले – ‘यसरी कसरी हुन्छ ? समार्ट सेवा दिने भन्ने, सर्भर नै नचल्ने, प्राविधिक राख्नुप¥यो नि ?’ उनले कार्यालयमा निरीक्षणका लागि कर्मचारीहरु राख्न पनि सुझाए ।
‘पहिले कर्मचारीले काम गर्दैनथे, अहिले सिष्टमले काम गर्दैन’
यद्यपी, केसीले कर्मचारीहरुको व्यवहार अहिले राम्रो भएको बताए । ‘पहिले त कर्मचारीहरु पनि झर्किने, काम नगर्ने हुन्थे । अहिले त्यस्तो चाहिँ छैन । सिष्टम बिग्रेर हामी जस्तै तनाव उहाँहरुलाई पनि छ ।’ केसीले भने – ‘लौन राम्रो प्राविधिक चाहियो । बिग्रनासाथ बनाउने । यसरी लाइनमा उभिएर त काम गर्ने समय बर्बाद भैगो नि ।

‘देशभरकै सिष्टम एउटै हो, हामीले चाहेर पनि केही गर्न मिल्दैन’
प्रशिक्षक केसीले प्राविधिक चाहियो, राख्नुप¥यो भनिरहँदा सँगै रहेका कार्यालय प्रमुख दीपककुमार पोखरेल मुसुमुसु हाँस्दै थिए । पोखरेलले यो सिष्टम र सर्भर आफूहरुको नियन्त्रणमा नरहेको जनाए ।
[bs-quote quote=”‘यातायात व्यवस्था विभागकै सिष्टम हो, सर्भर हो । जब सिष्टम चल्दैन, हामी यहाँबाट केही गर्न सकिने अवस्था रहँदैन । लौन, सर्भर फास्ट गर्नप¥यो, सेवाग्राहीको गुनासो र आक्रोश हामी थेग्न सक्ने हालतमा हुन्नौं भनेर भन्छौं ।'” style=”default” align=”left” author_name=”दीपककुमार पोखरेल” author_job=”प्रमुख, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी ” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2019/04/Dipak-Pokhrel.jpg”][/bs-quote]
‘यातायात व्यवस्था विभागकै सिष्टम हो, सर्भर हो । जब सिष्टम चल्दैन, हामी यहाँबाट केही गर्न सकिने अवस्था रहँदैन । लौन, सर्भर फास्ट गर्नप¥यो, सेवाग्राहीको गुनासो र आक्रोश हामी थेग्न सक्ने हालतमा हुन्नौं भनेर भन्छौं । जे जे गर्नुपर्ने हो माथि नै गर्नुपर्छ ।’ – पोखरेलले भने ।
चार महिना अघि मात्रै कार्यालयमा हाजिर भएका पोखरेल आफै फाँटफाँटमा पुगेर काममा सघाउँछन् । उनी कहिल्यै हाकिमको सिटमा नदेखेको सेवाग्राही नै बताउँछन् । एक कर्मचारीले नाम नबताउने शर्तमा भने – ‘यहाँ काम गरेको यत्तिका वर्ष भयो, यस्तो हाकिम अहिलेसम्म देखेको थिएनम् । कहिल्यै कुर्सीमा बसेर काम अह्राउने, कराउने गर्नुहुन्न । आफै फिल्डमा पुगेर काम गरिरहनुहुन्छ ।’
गत पुसमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका पोखरेलले मेडिकल शुल्क ९५ रुपैंयाबाट १९ मा झारे । कार्यालयको छुट्टै वेबसाइट बनाई लाइसेन्स सम्बन्धी सम्पूर्ण जानकारी, ट्रायल समयका बारेमा अपडेट गर्ने व्यवस्था मिलाए ।
पोखरेलले दिनहुँ डेढ २ घण्टा सिष्टम नचल्दा सेवाग्राही घाममा छटपटिँदा आफूलाई पनि दुःख लागेको बताउँछन् । ‘कर्मचारीका पनि केहि समस्या हुन सक्छन् । तर मैले सकेसम्म यातायातका कर्मचारीप्रति नागरिकको गुनासो नआउने गरी काम गर्न निर्देशन दिइरहेको हुन्छु । र मुख्य समस्या अहिले सिष्टमले काम नगरेरै हो । माथिबाट फाइबरमा समस्या भन्छन् । लाइनमा उभिएर थाकेका सेवाग्राही आक्रोश पोख्छन् । स्वभाविक नै हो’ – पोखरेलले भने ।
कार्यालय प्रमुखमा कास्कीकै गौतम
कर्मचारी समायोजनमा संघ रोजेका दीपककुमार पोखरेल काठमाण्डौ गज्रुधारा स्थित मोटरसाइकल शाखामा सरुवा भएका छन् । अब यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र गण्डकी कार्यालयमा प्रमुखका रुपमा हरिप्रसाद गौतम आएका छन् । पोखरा लामाचौरका गौतम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा थिए ।

सम्बन्धित समाचार:
License-line
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’