तनहुँ । तनहुँको दमौलीमा गत शुक्रबार देखि सुरु भएको प्रथम दोभान कपको उपाधी अल स्टार क्लब आबुखैरेनीले जितेको छ ।
व्यास युवा क्लब दमौलीलाई १-० गोलअन्तरले हराउदै अल स्टार क्लब आबुखैरेनीले उपाधी हात पारेको हो ।
बिजेता अल स्टार क्लबले १ लाख १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न । त्यस्तै दोस्रो हुने व्यास युवा क्लबल ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न ।
दोभान युवा क्लब व्यास-१ भादगाउँ दमौलीको आयोजनामा गत शुक्रबार देखि उक्त प्रतियोगिता सुरु भएको थियो ।प्रतियोगितामा आयोजक सहित ३९ टिमको सहभागिता रहेको थियो ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी अल स्टारका विश्व अधिकारि, उत्कृष्ट गोलरक्षक अल स्टारका आकाश रानाभाट, ६ गोल गर्दै सर्वाधिक गोलकर्ता व्यास युवा क्लबका निरज गुरुङ र अनुशासित टिम भने चाइनिज धारा गोरखा भएको छ ।
क्रमश उनिहरु लाई २ हजार, ३ हजार ५ सय, ३ हजार ५ सय र ५ हजार प्राप्त गरेका छ्न । समापन कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
सो अवसरमा बोल्दै न्यौपानेले भने,”आजको दर्शनको भिड देख्दा दमौलीमा एउटा व्यवस्थित स्टेडियम आवश्यक देखिएको छ ।”, खेलमैदानको लागि गुरु योजना बनिरहेको छ ।” खेलमैदान व्यवस्थित बनाउने लक्ष्यमा व्यास नगरपालिका लागीपरेको व्यास नगरपालिकाका प्रमुख न्यौपानेले बताए ।
दोभान क्लबले खेल आयोजना गरेर स्थानीय खेलाडीको हौसला र प्रतिभा प्रस्फुटन गर्न सहयोग गरेको प्रमुख न्यौपानेले बताए ।
खेलकुदमा युवा लाई आकर्षित गर्न र भरपुर मनोरञ्जन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको दोभान युवा क्लबका अध्यक्ष नल बहादुर दरैले बताए । उक्त शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको रेफ्रीमा ईन्द्र गुरुङ र बिजय राना रहेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला