श्यामशितल परियार, लमजुङ । ‘हाँस्दै हँसाउदै सामाजिक कार्यमा युवाको हात’ भन्ने मुल नाराका साथ लमजुङमा पहिलो पटक ‘लाइभ स्ट्याण्ड अप कमेडि सो’ हुने भएको छ । सोमबार पत्रकार सम्लेन गर्दै युनाइटेड युथ फर नेशन –युवाइएन) ले नयाँ वर्षको अवसर पारेर आगामि चैत २८ गते लमजुङमा ‘कमेडी शो’ गर्ने जनाएको हो ।
‘कमेडी शो’ बाट उठेको सबै रकम सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने युवाइएनका संस्थापक कार्यक्रम संयोजक विशाल सापकोटाले बताए । ‘कार्यक्रमबाट संकलन भएको पैसाले हामी लागुऔषध दुव्र्यसन तथा महिला हिंसा विरुद्धको तालिमका साथै साइबर क्राइम र कृषिका विषयमा समेत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नेछौँ,’ उनले भने, ‘यसैगरी हामीले भक्ति नमुना माविको विशेष कक्षामा पढ्ने विद्यार्थीलाई आवश्यकता अनुसार शैक्षिक सामग्री र हर्राबोटमा रहेको वृद्ध आश्रमलाई पनि सहयोग गर्नेछौँ ।’
‘कमेडी शो’ मा अहिलेका चर्चित स्ट्याण्ड अप कमेडियन सरोज भण्डारी, डोरेश खतिवडा र लेखमनि त्रितालको प्रस्त’ती रहनेयुवाइएन लमजुङमाका सल्लाहकार विराट अपरिचित न्यौपानेले बताए । उनका अनुसार चैत २८ गते पहिलो शो बिहान ११ बजेबाट २ बजेसम्म र दोश्रो शो दिउँसो ३ बजेदेखी साँझ ६ बजेसम्म चल्नेछ ।
‘कमेडी शो’ हेर्न आउने अतिथिदेखि रिपोर्टिङका लागि आउने पत्रकारलाई र सर्बसाधरण सबैलाई टिकट शुल्क २ सय रुपैयाँ तोकिएका आयोजकले जनाएको छ । ‘अतिथिको रुपमा १५ जनालाई बोलाएका छौँ । अतिथिका साथै पत्रकारलाई पनि टिकट शुल्क लिनेछौँ । उनीहरुले एकचोटी काटेको टिकटले दुवै शो हेर्न पाउँनेछन्’ न्यौपानेले भने, ‘कार्यक्रममा ६० जना स्वयमसेवक खटिन्छन् । उनीहरुलाई टिकटमा ५० प्रतिशत छुट गरेका छौँ ।’
शो बाट उठेको रकम सामाजिक क्षेत्रमा खर्चने उद्धेश्य भएकाले सामाजिक क्षेत्रमा सबैको पैसा परोस् भन्ने उद्धेश्यले कार्यक्रममा आउने अतिथि र पत्रकारलाई समेत टिकट शुल्क लिइने य’वाइएन लमजुङका अध्यक्ष विवेक शर्माले बताए । उनका अनुसार युवाइएनले काठमाडौँ, पोखरा, चितवन, झापा र लमजुङमा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’