पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले कर बढाएपनि जनतालाई सेबासुबिधा नदिएको आरोप लगाएका छन् । प्रम ओलीले जनतालाई अनावश्यक कर बढाएर दुख दिएको बताउँदै सभापति देउवाले प्रधानमन्त्रीको नाम ‘करप्रसाद ओली’ हुनुपर्ने तर्क गरे ।
‘सरकारले यति धेरै कर लगायो कि अब प्रधानमन्त्री ओलीको नाम नै ‘कर प्रसाद ओली’ राख्नुपर्ने भयो’ नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको पोखरामा विहीबारदेखि सुरु तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले भने, ‘उनले करकै कारण मानिसहरु ठूलो मर्कामा परेको भन्दै मलाई गुनासो आउने गर्छ ।’
पार्टी एक हुनुको विकल्प छैन : देउवा
नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुकोे तेस्रो राष्ट्रिय सम्मेलन बिहीबारदेखि पोखरामा सुरु भएको छ । सम्मेलनको उद्घाटन पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतले गरे । कार्यक्रम उद्घाटनका क्रममा सभापति देउवाले अब पार्टी एक हुनुको विकल्प नभएको बताए ।
पार्टीको पुरानो रोगलाई निर्मूल पार्दै आफ्नै पार्टीभित्र पनि गलत कार्य गर्नेलाई कारबाही गरेर अगाडी बढ्ने उनको भनाइ थियो । पार्टी अन्तरघातमुक्त बनाएर अगाडि बढ्ने पनि उनले बताए । सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका शीर्ष नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले १ वर्षको अवधिमा कुनै काम गर्न नसकेको बताउँदै यो सरकार उद्घाटन र शिलान्यासमा मात्र व्यस्त भएको आरोप लगाए ।
पार्टीको गुट उपगुटको विषयमा बोल्दै महामन्त्री शशांंक कोइरालाले केन्द्रीय कार्यालयमा बसेर व्यवस्थापन मिलाइदिन आग्रह गरे । महामन्त्री कोइरालाले पार्टीमा एकरुपता ल्याउन महामन्त्रीको हैसियतले जस्तोसुकै कार्य पनि गर्ने बताए । पोखरामा बिहीबारदेखि सुरु भएको सम्मेलन शुक्रबार सकिनेछ ।
सम्मेलनले सरकारका गतिविधि चित्तबुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रलाई आग्रहसमेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाब दिनेछ । पार्टीलाई चलायमान र सुदृढ बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो