२६ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।
कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।
मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्यो ।
नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो ।
ब्याटिङमा ८८ रनको कप्तानी पारी खेलेका ऐरीले बलिङतर्फ ४ विकेट लिएपछि भारतको ब्याटिङ पंक्ति धराशायी बनेको हो ।
भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् ।
कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए ।
मध्यम ओभरमा नेपाली स्पिनरहरु खेलमा हावी भए । मध्यक्रमका चार ब्याट्सम्यानलाई कप्तान ऐरीले पेविलियनको बाटो देखिएपछि भारतको इनिङ धराशायी बन्यो ।

नेपालका लागि पवन सर्राफ र साहव आलमले २/२ विकेट लिँदा सन्दिप लामिछाने र कमल ऐरीले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ऐरीको कप्तानी पारीको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
नेपालको सुरुवात राम्रो रहेन । २८ रन जोड्दा नेपालले २ विकेट गुमाइसकेको थियो । आसिफ शेख ३ र अनिल शाह ६ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ओपनर जितेन्द्र सिंह ठकुरीसँग मिलेर नेपालको पारी सम्हाले ।

जितेन्द्र र दिपेन्द्रले तेस्रो विकेटका लागि ४९ रनको साझदारी गरे । जितेन्द्र ३६ रन बनाए । त्यसपछि आएका कुनै पनि ब्याट्सम्यानले दिपेन्द्रलाई साथ दिन सकेनन् । भीम सार्कीले १५ रन जोड्नु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।
नेपालको पारी सकिन ८ बल बाँकी छँदा आउट भएका आठौं विकेटका रुपमा आउट भएका दिपेन्द्रले १०१ बलमा ६ चौका र एक छक्काको मदतमा ८८ रन बनाए । कप्तान ऐरी खेलको म्यान अफ द म्याच चुनिए ।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा शनिबार बंगलादेशसँग २ विकेटको झिनो हार ब्यहोरेको थियो ।
नेपालले आफ्नो अर्को खेल मंगलबार घरेलु टोली मलेसियासँग खेल्नेछ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो