पोखरा : लेखनाथ नगर क्षेत्रको मुख्य सडक चोकहरुमा हुनसक्ने दुर्घटना तथा अपराधिक गतिविधीहरुलाई न्यूनिकरण गने उदेश्यले सिसी टिभि क्यामेरा जडानको तयारी गरिएको छ । सिसी टिभि क्यामेरा जडानका लागि शनिबार सामुदायिक सेवा केन्द्र लेखनाथका संस्थापक अध्यक्ष मोती गिरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।
लेखनाथ सामुदायिक सेवा केन्द्रको अगुवाईमा शनिवार भएको भेलाबाट गिरीको संयोजकत्वमा गठन गरेको समितिको सचिवमा शैलेन्द्रमोहन भटराई, सह सचिवमा कृष्ण प्रसाद अधिकारी र कोषाध्यक्षमा बेदराज न्यौपाने (गोल्डेन मेन) रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा उपेन्द्रराज सुवेदी राजु, गंगा खनाल, बुद्धिमाया थापा मगर,बेगनास युुवा क्वलका अध्यक्ष रामबहादुर रानाभाट, राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङ रहेका छन् । आवश्यकता अनुसार मुख्य चोक चोकका वजार ब्यवस्थापन समितिका अध्यक्षहरु रहने बताईएको छ ।
भेलाले कास्कीका प्रहरी प्रमुख ओम राना र साविक लेखनाथ नगर क्षेत्र भित्रका आठ वटा वडा अध्यक्षहरुलाई, ईलाका प्रशासन कार्यालय खुदीका प्रमुख, समाजसेवी डब्लु टु गम बहादुर गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघ,सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष,उद्योग ब्यावसायी चन्द्रकृष्ण कर्माचार्य, गणेश बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, गोविन्द कर्माचार्य, वावुारम गिरी, डाँडाकोनाक प्रहरी चौकीका ईन्चार्ज, गण्डकी प्रदेश ट्राफिक प्रमुख, हाडवर्यस एशोसियशन लेखनाथ र आवश्यकता अनुसार अन्य सल्लाहकारहरु पनि चयन गर्न सकिने संयोजक मोती गिरीले जानकारी दिएका छन् ।
समितिले आगामी दिनमा स्थलगत निरीक्षण गरि आवश्यकता अनुसार ठाँउको छनोट र इस्टिमेट गरी कामलाई अगाडि बढाउने भएको छ । सिसी क्यामरा जडानका लागि विभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो