गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । चितवन मेडिकल कलेजको चरम लापरबाहीको कारण गोरखा फुजेलका ९ महिने नाबालक रुप्सन घिमिरेको मृत्यु भएको परिवारले आरोप लगाएको छ । गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको थियो ।
मृतक नाबालकका बुबा रुपेश घिमिरेले भने, ‘अस्पतालको रिपोर्टमा ९ महिनाको मेरो बाबुलाई २ वर्षको भनेर लेखेको छ । त्यहीअनुसार उपचार गरेको पाइयो ।’ ९ महिनेको नाबालकलाई २ वर्षीय बालक भन्दै अस्पतालले मात्राभन्दा बढी डोजको औषधी दिएको उनको आरोप छ ।
नाबालकका आफन्तका अनुसार अस्पतालले मृत भएको घोषणा गरेपनि आफूहरुलाई थाहा नै नदिई बालकको शव भरतपुर अस्पताल रिफर गरेको हो । यता अस्पतालका बाल विशेषज्ञ डा. सन्तोष पाठकसँग घटनाबारे बुझ्न खोज्दा भर्खरमात्र भारतबाट भतिजको उपचार गरेर भरतपुर आइपुगेको र घटनाबारे अनविज्ञ रहेको जानकारी दिए । हाल घटनास्थलमा नेपाल प्रहरीहरु सयौंको संख्यामा परिचालन गरिएको छ ।
news source : ratopati
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग