संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको ६० औँ दिनको स्मृतिमा अनेरास्ववियु भूगोल जिल्ला कमिटी कास्कीले विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री बितरण गरेको छ । आइतबार अधिकारीको ६० औँ दिनको स्मृतिमा कमिटीले शान्ति उदय माबि पोखरा ३३ का १८० जना विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरेको हो ।
स्व.अधिकारी आफैले कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका विद्यार्थीहरुलाई उक्त सहयोग सामाग्री बितरण गरिएको हो । आज नै अनेरास्ववियुले प्रकाशन गरेको नयाँ बर्ष २०७६ सालको क्यालेन्डर अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष र वडा ३३ का अध्यक्ष शिव आचार्यले संयुक्त बिमोचन गरेका थिए । क्यालेण्डरमा स्व. अधिकारीको फोटो , र संगठनका बिबिध गतिविधि समाबेश गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि रश्मि आचार्यले स्व.अधिकारिले शिक्षा क्षेत्रमा छाडेको छाप अमेट रहेको बताउँदै विद्यार्थी परिचयपत्र को आधारमा दिइएको छुटमा उनी अझै जिबित रहेको धारण ब्यक्त गरिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका ३३ का वडा अध्यक्ष शिव आचार्यले स्व.अधिकारीले वडाको समग्र बिकासमा अतुलनीय योगदान पु¥याएको बताउँदै उनलाई गुमाउँदा पीडा ब्यक्त गर्न नसक्ने प्रस्टाए ।
संगठनका अध्यक्ष शेखर गौतमले अधिकारीले देश र जनता प्रति गरेको योगदानलाई आतमसाथ गर्ने सके नेपाल आर्थिक बिकास र समृद्धि तर्फ उन्मुख हुने बताए । उक्त कार्यक्रमको संचालन क्षेत्रीय इन्चार्ज रोशन भट्टराई र अध्यक्षता शेखर गौतम ले गरेका थिए ।

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने