पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्माको अनुहारमा विद्यार्थीहरुले कालोमोसो दलिदिएका छन् । मंगलबार दिउँसो काठमाडौँको चोभारमा रहेको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको समूहले शर्माको अनुहारमा कालोमोसो दलिलिएका हुन् ।
उनलाई नियमविपरित विद्यार्थी भर्ना गरेका पोखरा विश्वविद्यालय अन्तरगतको ४२ वटा निजी कलेजलाई कारबाहीको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले कालोमोसो दलेको प्रत्यक्षदर्शीको भनाई छ ।
शर्मा विगत १५ दिनदेखि पोखरा विश्विद्यालयको केन्द्रीय कार्यालयमा गएका थिएनन् ।
आन्दोलन चर्काउँदै जाँदा पनि माग सम्बोधन गर्न चासो नदिइ प्रहरी लगाएर दमन गरेको भन्दै विद्यार्थीहरु शर्मासँग आक्रोशित भएका थिए । मंगलबार मात्रै नियमविपरित भर्ना लिएका कलेजमाथि कारबाही माग गर्दै नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।
राजधानीको मध्यवानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा नेविसंघका निवर्तमान केन्न्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको थियो । विद्यार्थीहरुले नियमविपरित भर्ना गर्ने कलेजमाथि कारबाही माग गर्दै काठमाडौँ र पोखरामा दिनहुँ प्रदर्शन गरिरहेका छन् । सोमबार मात्रै पोखरामा प्रदर्शनमा उत्रिएका ८ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।
विद्यार्थीको आन्दोलनकाबीच पोखरा विश्वविद्यालयले सेमेस्टर परीक्षालाई प्रहरीको सुरक्षामा सञ्चालन गरिरहेको छ । सोमबार करिब ४५ जना विद्यार्थीले परीक्षा दिन पाएनन् । मंगलबार पनि करिब एक सय जनाले परीक्षा बहिष्कार गरेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो