पोखरा । पछिल्लो समय अधिकांश यूवाहरु लागुपदार्थ र दुव्र्यसनमा फसेर समाजमा अराजकता फैलाउने खालको काम गरेको जताततै देख्न सकिन्छ । तर, बुधबार दिउँसो करिब २ बजे पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको बृद्धा आश्रममा ५ जना यूवा दुवै हातमा प्लाष्टीकको झोला बोकेर पुगे । झोलामा थियो, ‘फलफुल, जुस, साबुन, दाँत माझ्ने मञ्जन’ ।
त्यसरी अचानक झोला भरि सामान बोकेर आश्रम पुगेका यूवाहरुलाई त्यहीँका बृद्धबृद्धाहरुले प्रश्न गरे, ‘को हौँ तिमिहरु ? के लिएर आयौँ ?’
आश्रमका बृद्धबृद्धाको प्रश्न सुन्ने बित्तिकै हातको झोला भुँईमा बिसाउँदै बिद्यान रेग्मीले भने, ‘नमस्कार हजुर, हामी कमलपोखरी जुनियर क्लबबाट । हामिले चैत्र २६ गतेदेखि कमलपोखरी सेभेन ए साइड फुटबल प्रतियोगिता २०७५ गरेका थियौँ । त्यहि प्रतियोगिताबाट आएको पैसाले हजुरहरुलाई केहि सामान दिन मन लागेर आएको हौँ ।’
यति भनेपछि क्लबको प्रतिनिधित्व गरेर गएका ५ जना यूवाहरुले झोलाबाट सामान झिक्दै भटाभट आश्रमका ७० जना बृद्धबृद्धाको हातमा राखिदिए । बुधबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित कमलपोखरी जुनियर क्लबका अध्यक्ष रेग्मी, सचिव खो बहादुर गुरुङ, कार्यक्रम संयोजक लक्ष्मण गुरुङलगायतका यूवाहरुले बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने