पोखरा : पोखरा महानगरपालिकाले बेगनास ताल वरपर बनेका अवैध संरचना हटाउने निर्णय गरेको छ । शनिवार महानगरको टोलीले अनुगमन गरेपछि मापदण्ड विपरीतका बनेका संरचना लाई तत्काल हटाउने निर्णय गरेको हो ।
महानगरलाई मापदण्डको सरोकार नभएको भन्दै मेयर मानबहादुर जिसीले महानगरको स्वीकृती बिनै बनेका संरचना हटाउने बताएका छन् । उनले अनुमतिबिना संरचना बनाउनेलाई तत्काल वडा कार्यालयमा सम्पर्क गर्न निदेर्शन दिएका छन् । ताल किनारमा बनेका कुनै पनि संरचनाको नक्सापास नभएको बताउँदै उनले तुरुन्त काम रोक्न सचेत गराइसकेको र नरोके प्रहरी लगाएर उठाउने बताए ।
प्रदेश सरकार र संघीय सरकारले क्षतिपूर्ति दिए सय मिटर पनि कार्यान्वयन गर्न सकिन्छ। नभए सबै जग्गा अधिग्रहण गर्ने पैसा महानगरसँग छैन, ’ उनी भन्छन्, ‘मापदण्ड व्यवहारिक र वैज्ञानिक बनाउनुपर्छ। तालको स्वरुप पनि नबिग्रिने र स्थानीयलाई पनि मर्का नपर्ने खालको मापदण्ड तयार गर्नुपर्छ। ’
उनले अवैध संरचना रोक्न महानगर निर्मम भएर लाग्ने चेतावनी दिएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पनि अधिकांश संरचना सार्वजनिक जग्गाभित्रै रहेको बताए। ‘धेरै टहराहरु सार्वजनिक ठाउँमा छन्। आफ्नै जग्गामा पनि अनुमति नलिई बनाएका छन्, ’ उनले भने, ‘सार्वजनिक भए तुरुन्त हटाउने हो। निजी भए पनि स्वीकृति छैन भने तत्कालै हट्छ। निर्माण कार्य भोलिदेखि नै रोकिन्छ। ’ उनका अनुसार सबैजसो संरचना अस्थायी खालको छ। ‘स्थायी संरचना कसैले पनि बनाएको छैन। सबै अस्थायी हो। आवास प्रकृतिको पनि हैन, ’ पौडेल भन्छन्, ‘अहिले नै नहटाए फेवाताल जस्तै अव्यवस्थित हुन्छ। सचेत हुनैपर्छ। ’
वडाध्यक्ष कमलबहादुर थापाले किनारमै जोडिएका घरटहरा केही दिनभित्रै हटाउनुपर्ने बताए। ‘ताललाई आँगन र पिँढी बनाउने टहरा भत्काउन मापदण्ड कुर्नुपदैर्न। तालको बाँध बनाउँदा मुआब्जा बुझेकाहरुले पनि घर बनाएर बसिरहेका छन्, ’ उनी भन्छन्, ‘यो अहिले नै हटाउने हो। अरु चाहीँ डिमाकेर्सन गरेर उपयुक्त मापदण्ड तोक्नुपर्छ। अनावश्यक मापदण्ड लगाएर उठिबास लगाउन पनि मिल्दैन। ’ उनका अनुसार एक दर्जन जति घर टहराहरु तत्कालै हटाउनुपर्ने अवस्थाका छन् ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ