गोरखामा विप्लव समूहका नेता र प्रहरीबीच तानातान, प्रहरीसहित दुई जना घाइते

गोरखामा विप्लव समूहका नेता र प्रहरीबीच तानातान, प्रहरीसहित दुई जना घाइते

bip lop

गोरखा । गोरखामा नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका नेता र प्रहरीबीच तानातान हुँदा विप्लवका जिल्ला सेक्रेटरीसहित प्रहरी जवान  घाइते भएका छन् । पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार साँझ विप्लवका नेता र प्रहरीबीच तानातान हुँदा जिल्ला सेक्रेटरी कपिल भट्टसहित प्रहरी एक जना प्रहरी जवान घाइते भएका  हुन् । भट्टको खुट्टा र प्रहरी जवानको हात मर्किएको छ ।

जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘उनीहरु दुई जना बसिरहेका रहेछन, शंका लागेर गस्तीमा गएको हाम्रो प्रहरी टोली उनीहरुको नजिक पुग्दा भाग्न खोजे,’ एसपी भोला रावलले भने, ‘समात्ने क्रममा एकछिन तानातान पनि भएछ ।’   उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता हुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ