पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजनाको कार्वान्वयन भएको छ । प्रदेश सरकारले ल्याएको योजना कार्वान्वयन भएसँगै बाराको सिमरादेखि कास्कीको पोखरासम्म सिधा हवाई सम्पर्क हुने भएको हो ।
प्रदेश सरकारले पोखरालाई अन्य ६ प्रदेशसँग सिधा हवाई सम्पर्कबाट जोड्ने योजना अन्तर्गत पहिलो चरणमा पोखरा–सिमरा हवाई सेवा सुरु गर्न लागेको हो । गत पुष महिनामै सरोकारवालाबीच सिमरा–पोखरा हवाई उडानको सम्भावनाबारे भएको निर्णयअनुसार यही महिनाको अन्त्यबाट उडान थालिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रसिद्ध पर्यटकीय नगरी पोखरासँग सिधा सम्पर्क भएपछि भारतीय पर्यटकको आवागमनमा वृद्धि हुने निश्चित ठानेर पर्यटन तथा होटल व्यवसायी अझ बढी उत्साहित बनेका छन् । जसले बाराको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने आँकलन गरिएको छ ।
यस रुटमा यात्रुको अभाव नरहने पनि नागरिक उड्डयन मन्त्रालयको ठहर छ । तत्कालीन पर्यटनमन्त्रीको निधन भएका कारण पनि उडान लम्बिएको हो । नागरिक उड्डयन प्राधिकरणका सिमराका प्रमुख हिराजन काफ्लेले सबै यात्रुको समयको सदुपयोग हुने भन्दै उद्योग व्यापारीहरु रिफ्रेस हुन र भारतीय पर्यटकहरु पोखरा हुँदै मुक्तिनाथसम्मको यात्रा गर्न सक्ने धारणा राख्छन् ।
पोखराबाट सिमरासम्म हवाई रुटको कुनै समस्या नभएको र निजी हवाई कम्पनीहरुले उडानका विषय चासो राख्दै अन्तिम गृहकार्यमा पुगेको जनाईएको छ । पोखरालाई अन्य प्रदेशसँग हवाई सम्पर्क जोड्ने योजना अन्तर्गत सबैभन्दा पहिले सिमरा–पोखरा उडान हुन लागेको हो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने