पोखरा । पोखरा महानगरपालिकाले बजारमा टाँसिएका होर्डिङ बोर्ड हटाउन थालेपछि परिचय एड्भर्टाइजका सोभित बस्यालसमेतल उच्च अदालत पोखरामा दायर गरेको रिटखारेज भएको छ । महानगरले गत चैत ५ गते परम्परागत होर्डिङ बोर्ड हटाएर डिजिटल बोर्ड राख्न गरेको निर्णय विरुद्ध गत चैत १२ गते दायर गरिएको रिट खारेज गरिएको हो ।
आदालतमा महानगरको निर्णय बिरुद्ध परेको रिट खारेज भएसँगै अब महानगरलाई पुन बजारमा अस्तव्यस्त देखिने गरी टाँगिएका होर्डिङ बोर्ड हटाउन बाटो खुलेको छ । अदालतमा रिट दायर भएपछि गत चैत १३ गते न्यायाधीश रामचन्द्र यादवको एकल इजलाशबाट विपक्षीका नाममा कारण देखाउसहित अन्तरिम आदेश भएपछि महानगरले होर्डिङ बोर्ड हटाउने काम रोकेको थियो ।
आइतबार न्यायाधीश विनोद शर्मा र नरबहादुर शाहीको संयुक्त इजलाशले उक्त रिट खारेज गरिदिएको हो । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताद्वय दामोदर अधिकारी र स्वागत नेपालले बहस गरेका थिए भने महानगरको तर्फबाट वरिष्ठ कानुन अधिकृत नारायण शर्मा र अधिवक्त कमल अर्यालले बहस गरेका थिए ।
अदालतले रिटमा उल्लेख भए अनुसार महानगरले उद्योग धन्दा व्यवसाय गर्ने हक नखोसेको भन्दै रिट खारेज गरिदिएको हो ।महानगरले सार्वजनिक ठाउँमा टाँसिएका होर्डिङबोर्ड हटाउन सुरु गरेको थियो । सार्वजनिक निजी साझेदारीमा डिजिटल होर्डिङ बोर्ड राख्न महानगरले टेन्डर आह्वान गरिसकेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने