पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपतिको अनुहारमा कालो मोसो दलिएको बिषयमा ध्यानाकर्षण गर्दै नेपाल राष्ट्रिय प्राध्यापक संगठन, गण्डकी प्रदेश र नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेशले सयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ । गत वैशाख १७ गते उपकुलपति प्रा. चिरञ्जीवी शर्माको अनुहारमा छापामार शैलीमा कालोमोसो दल्ने काम निन्दनीय र भर्तसनायोग्य रहेको भन्दै सोमबार विज्ञप्ति जारी गरिएको हो ।
‘आफ्ना मागलाई शान्तिपूर्ण रुपमा राख्ने अवसर र विश्वविद्यालयले प्रदान गर्दागर्दै विश्वविद्यालय वाहिर एकान्तमा अत्यन्त कुर शैलीमा आक्रमण गर्ने कार्यले लोकतान्त्रिक पद्वतिलाई नै कुठराघात गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
संगठनले उपकुलपति माथि भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै उक्त घटनाप्रति आपत्ति प्रकट गरेको छ । विश्वविद्यालय जस्तो प्राज्ञिक र गरिमामय संस्थाका सम्माानित उपकुलपतिमाथि विश्वविद्यालय वाहिर सामाजिक, सांस्कृतिक तथा पारिवारीक भ्रमणको क्रममा छापामार शैलीमा कालोमोसो दल्ने काम निन्दनीय र भर्तसनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार :-
http://gandaknews.com/upkulpati-sharma-kalomoso/
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने