पोखरा । आगामि बैशाख २९ गते परेको २५६३ औं बुद्ध जयन्तीको अवसरमा पोखरामा सप्ताह व्यापी कार्यक्रम हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीको अवसरमा सप्ताह व्यापी कार्यक्रम गरिने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
उनका अनुसार शितलवनमा निर्माण भएको पेमा धेछेनलिब गुम्बाबाट शुरु गरिने छ । कार्यक्रम सुरु भएको दिन गुम्बामा बुद्ध वचन, विश्व शान्ती र प्रज्ञा परमिता बुंम छ्योइ धर्मशास्त्रको दर्शन वाब अभिषेक हुनेछ ।
कार्यक्रमको व्यबस्थापनका लागि सोही समाजका सदस्य शेरबहादुर तामाङको संयोजकत्वमा उपसमितीहरु गठन गरिएको छ । जस अन्तर्गत पुजा व्यवस्थापन उपसमितीमा जीवन लामा र पद्मे लामालाई तोकिएको छ । कार्यक्रममा लामा गुरुहरुद्धारा विश्वशान्तीको पुजा तथा बुद्ध बन्दना हुनेछ ।
बुद्ध प्रतिमालाई जल स्नान, पुष्प चढाइ दर्शन, ध्यान, दिप प्रज्ववलन लगायतको कार्यक्रम समावेश गरिएको छ । सप्ताहव्यापी कार्यक्रमको अघिल्लो दिन अम्बोटबाट बुद्ध प्रतिमाको परिक्रमा गरि सोही गुम्वामा पुजाअर्चना गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । सोही दिन युवा बौद्ध संघकोआयोजनामा वालमन्दिर स्कुल नदिपुरमा स्वास्थ्य शिविर हुनेछ ।
बैशाख ३० गते धर्म देशना, भोजन तथा प्राणदान, ३१ गते प्रभातफेरी, गणचक्र पुजा लगायतका कार्यक्रम हुने मुल आयोजक समिती संयोजक नरेन्द्र लालचनले जानकारी दिए । जेठ १ गते धर्मदेशना, प्रवचन समारोहका साथ विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ ।
जेठ २ गते भिक्षु सुभद्रको स्मृतिसभा, सरसफाइ जेठ ३ गते भोजन दान कार्यक्रम तय गरिएको छ । जेठ ४ गते शान्ती र्याली, दीप यात्रा, ज्ञानमाला भजनसंगै धर्मशिला बुद्ध विहार भवन निर्माणको शिलान्यास तथा मुल समारोहका कार्यक्रम हुनेछ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो