गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले नेपाली समाजमा हिन्दु धर्मकै कारण जातिय रुपमा विभेद भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा दलित समुदाय विचमा हुने विभेद अन्त्यका लागि आयोजना गरिएको सचेतना कार्यक्रममा बोल्दै मन्त्रि गुरुङ्गले विभेद हिन्दुधर्ममा शासक र शोषित बर्गविच गरिएको विभाजनले सिर्जना गरेको दावि गरे ।
“हामीले खोज्दै जादाँ हिन्दु धर्ममा त्यो बेला श्रमजिवि बर्गलाई हेर्ने जुन धार्मिक नियम बनाइयो, त्यही नियमले यो जातिय विभेद भएको पाइन्छ ।” उनले भने, “हिजो हामी श्रमको आधारमा विभाजित भयौँ, पछि आएर त्यो श्रममा आधारित विभाजनलाई जातीय रङ्ग दिएर विभेद गरियो ।”
मन्त्रि गुरुङ्गले ईतिहासमा श्रमको माध्यमबाट समाज परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने बर्गलाई कथित तल्लो जात बनाएर विभेद गरिएको भन्दै उक्त ब्यवस्थालाई संविधान मार्फत अन्त्य गर्न आफुहरु सफल भएको बताए । उनले संविधानमै कानुनी रुपमा अन्त्य गरिएको विभेदलाई समाजबाट हटाउन भने समय लाग्ने बताउदै कुरिती र कुसस्कारलाई हटाउन चेतना अभिबृद्धीलाई जोडदिनु पर्ने बताए ।
कार्यक्रममा दलित अधिकारकर्मी सरु सुनारले बोलिमा मात्र छुवाछुत हटेको बताइन् । उनले ब्यवहारमा विभेद जहाको त्यहि गरेको दावि गर्दै विभेदकारी सोच पाल्नेहरुलाई सके परिवर्तन हुन र नसके जेल जान तयार हुन चेतावनी दिइन् ।
उपेक्षित, उत्पिडित तथा दलित बर्ग उत्थान विकास समिति शुक्लागण्डकी नगरपालिकाको आयोजनामा गरिएको उक्त कार्यक्रममा शुक्लागढडकी नगरपालिका वडा न ९ का वडाध्यक्ष लोक नारायण श्रेष्ठ, वडा न ७ का वडाध्यक्ष रामबहादुर क्षत्री थापा, भिमाद नगरपालिकाका कार्यपालिका सदस्य बाबुराम सुनार, शुक्लाण्डकी नगरपालिकाका प्रशासकीय अधिकृत देवबहादुर अधिकारी, सामाजिक सुरक्षा शाखा प्रमुख हिमा पोख्रेल लगायतले समाजमा रहेको अन्धविस्वासलाई चिरेर अगाडी बढ्नुको विकल्प नभएको बताए ।
समितिका अध्यक्ष समेत रहेका शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्या भरत लामगादेले दलित समुदाय भित्रै रहेको विभेदलाई अन्त्य नगरेसम्म समाजमा रहेको जातिय विभेद अन्त्य नहुने भएकाले दलित समुदायले सचेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको बताए ।
नगरपालिकाका विभिन्न स्थानबाट सहभागि भएका दलित समुदायका स्थानियहरुलाई अधिबक्ता शिव सुनार र सञ्चारकर्मी नरमाया रसाइली र सरु सुनारले सहजीकरण गर्दै कानुनी जानकारीका साथै विभेद विरुद्ध आवाज उठाउन आग्रह गरेका थिए ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’