पोखरा- दर्जन बढी देशका सेनाको सहभागितामा पोखरामा विपद् व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सैन्य अभ्यास हुने भएको छ । नेपाली सेना र अमेरिकी सेनाको इन्डो प्यासिफिक कमान्डको युनिटले संयुक्त रूपमा आयोजना गर्न लागेको उक्त अभ्यास जेठ ५ गतेदेखि १२ गतेसम्म पोखरामा संचालन हुने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त अभ्यासमा अमेरिकासहित, भारत, चीन, मंगोलिया, बंग्लादेश, अष्ट्रेलिया, बेलायतलगायत दर्जन बढी देशका सेनालाई आमन्त्रण गरिएको पाण्डेले जानकारी दिए ।
बिगत ५ वर्षदेखि नियमित रुपमा हुँदै संचालन हुँदै आएको उक्त अभ्यामास करिब २५० जनाको सहभागिता हुने छ । पाण्डेका अनुसार विपद व्यवस्थापन क्षेत्रमा काम गरिरहेका विभिन्न सरकार तथा गैरसरकारी संस्थाका प्रतिनिधि पनि उक्त अभ्यासमा सहभागी हुने छन् । यस्ता अभ्यासले भूकम्प जस्ता प्राकृतिक विपद व्यवस्थापनमा सेनाको क्षमताका वृद्धि हुने बताए।
‘अमेरिकी सेनाको इन्डोप्यासिफिक कमाण्ड अन्तर्गत नेपाली सेनालाई तालिम दिनका लागि यो अभ्यास आयोजना गरिन लागेको हो,’ उनले भने, ‘भूकम्प जस्ता प्राकृतिक विपद्का बेला हुने उद्धारमा यसले क्षमता विस्तार गर्छ।’ नेपालले अमेरिका, चीन र भारतसँग नियमित सैन्य अभ्यास गर्ने गरेको छ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु