पोखरा । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपाले देश र जनताको लागि काम गर्न नसक्ने दावी गरेका छन् । संघीय समाजवादी पार्टीसँग आफू नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी एकीकरण गरेपछि सातै प्रदेशमा अभिमुखीकरण घोषणा गरेको समाजवादी पार्टीको पहिलो पटक पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले यस्तो दावी गरेका हुन् ।
‘क्यान्सर लागेको बिरामी अन्तिम समयसम्म पनि टाठै हुन्छ । तर, कति दिन बाँच्छ भन्ने डाक्टरलाई थाहा हुन्छ,’ उनले भने, ‘कम्युनिस्ट सरकार पनि क्यान्सर लागेको बिरामी भइसकेको छ ।’ उनले नेकपाको सरकारलाई इंगित गर्दै ‘बाहिरबाट ताजा देखिने तर, भित्री भाग कुहिएको फर्सी’ भएको टिप्पणी गरे ।
कांग्रेस र कम्युनिस्टभन्दा माथि उठेर ‘रंगीचंगी पुतली’ बन्न नै संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता गरेको बताए । ‘कांग्रेस लार्भा थियो । कम्युनिस्ट झुसिलकिरा भयो । यी दुवैबाट बल्ल पुतली बन्ने हो,’ उनले भने, ‘हामी समृद्धिको जगमा समाजवादी शक्ति रंगीबिरंगी सुन्दर पुतली बनेको छ ।’

सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने