श्यामशितल परियार, लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीमा नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढिले नागरिकले सेवा लिएका छन् । नेपाली सेनाको श्रीजङ गण लमजुङले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट जिल्लाका ४ सय भनदा बढि नागरिकहरुले सेवा लिएका हुन् ।
स्वास्थ्य शिविरबाट चारसय भन्दा बढि लाभान्वित भएका छन् । नागरिक र नेपाली सेनाबीचको सम्वन्धलाई प्रगाढ बनाउन र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा स्वास्थ्य सेवा पुर्याउने उद्धेश्यले शिविर सञ्चालन गरिएको श्रीजङ गणले जनाएको छ । शिविरमा जनरल स्वास्थ्य परिक्षण, दन्त परीक्षण तथा उपचार र निःशुल्क औषधी वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।
शिविरमा आएका मध्ये अधिकांशमा उच्च रक्तचाप, चिनी रोग, शारीरिक दुर्वलता तथा पेटको समस्या भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् । शिविर व्यवस्थापनका लागि काठमाण्डौँ ढोडेसिङ समाजले सहयोग गरेको थियो । दाँत सम्वन्धी उपचारको लागि चितवनस्थित चितवन डेन्टल होम प्रालिले सहयोग गरेको हो ।
सम्बन्धित खबर
श्रीमानको कुटाइबाट घाइते उजेलीको पोखरामा मृत्यु
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
[अपडेट] त्रिशूलीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जनाको परिचय खुल्यो,
लमजुङमा बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने पक्राउ
पसगाउँ हेर्नुहोस् १२ तस्वीरमा
लमजुङमा पसगाउँ महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग