स्याङ्जा : स्याङ्जाका सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुले रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उनीहरूलाई सेवन गर्नेछैन भन्ने ५ प्रतिबद्धताको शपथ खुवाएका हुन् ।
धूमपान र मध्यपान नगर्न सहभागीलाई शपथ खुवाउँदै प्रजिअ निरौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको ‘मेरो वर्षु’ पुस्तिकामा ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ’ भन्ने शपथ रहेको जानकारी गराए । म नियमित व्यायाम गर्छु, स्वस्थ र पोसिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गराउँछु र मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने शपथमा छ ।
निरौलाले सबै वाक्य पढेर सहभागीलाई शपथ खुवाएका थिए । ‘हामीले आजदेखि रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका छौं’ उनले भने, ‘यो एक प्रकारको कसम हो । कार्यालयमा मात्र होइन, घरमा पनि लागू गर्नुस् ।’
आफू स्वस्थ रहन प्रतिबद्धता र आफ्नो प्रतिबद्धतामा कार्यान्वयनको खाँचो रहेको उनको भनाइ छ । जेठ ३ रक्तचाप दिवसका अवसरमा आयोजित कार्यक्रममा नसर्ने रोगका बारेमा जानकारी गराइएको थियो । धूमपानका र मध्यपानका कारण कस्ताकस्ता रोग लाग्छन् भन्ने विषयमा स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी गराए । शर्माले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाएमा जीवनशैली सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगको जोखिम कम हुने बताए ।
पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद मल्लले ५ प्रतिबद्धताको पालना आफूले मात्रै नगरी कार्यालय, परिवारमा पनि लागू गर्नुपर्ने बताए । ‘म, मेरो कार्यालय र परिवारमा सकेसम्म लागू गर्छु,’ उनले भने । जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले आफूले धूमपान र मध्यपान केही नगर्ने बताउँदै प्रहरी कर्मचारीलाई पनि यसतर्फ प्रतिबद्धता गराउने बताएको खबर कान्तिपुरमा छापिएको छ ।
स्वास्थ्य प्रमुख शर्माले मेरो वर्ष म स्वास्थ्य, मेरो देश स्वस्थ्य अभियान ०७५ र ७६ लाई कार्यान्वन गर्नको लागी जिल्लाभर अभियान थालिने बताए । जिल्लामा मुटुरोगी र क्यान्सरका रोगी बढी रहेको उनले जनाए । जिल्लाले एकलाख रुपैयाँ पाउने बिरामीलाई दिएको सिफारिसअनुसार मुटुरोगी र क्यान्सरका २ सय ७५ जना रहेको शर्माले बताए । उनले ६० प्रतिशतो मृत्यु नसर्ने रोगबाट हुने गरेको बताए ।
उनका अनुसार यस्ता रोगीको संख्या बढ्दो छ । नेपालको कुल जनसंख्याको ३ प्रतिशत शारीरिक रूपमा पूर्ण निक्रिय रहेको बताउदै शर्माले ५३ प्रतिशत सिफारिस अनुसार गर्नुपर्ने शारीरिक व्यायाम नगर्ने र सहरी क्षेत्रमा बसोबास गर्नेहरू यसतर्फ निष्क्रय रहेको तथ्यांक सार्वजनिक गरे । चुरोट सेवनका कारण १० प्रतिशत मानिसको मृत्यु भइरहेको उनले बताए ।
शपथमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पुतलीबजार नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।aligandakikhabar
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?