पोखरा । लायन्स क्लब अफ पोखराको ४ समूहले संयुक्त रुपमा विन्ध्यवासिनी मन्दिरको हाताभित्र अपांगमैत्रीसहितको शौचालय निर्माण गरेको छ । लायन्स क्लब अफ पोखरा समृद्धि, समर्पण, लेकसाइड र स्वर्णिम सिटीले संयुक्त लगानी गरी मन्दिरको हाताभित्र शौचालय निर्माण गरेको हो ।
कुल ६ लाख ७५ हजार रुपैँया लागतमा निर्माण गरिएको शौचालयको चावी लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले सोमबार एक कार्यक्रम गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई हस्तान्त्रण गरेको समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाले बताईन् ।
उक्त अवसरमा गभर्नर श्रेष्ठले मानिसले दान गरेर कहिल्यै नसकिने भन्दै सबैले आ—आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए । उनले भने, ‘मानिसले केही लिएर नआएको र लिएर जाने पनि केही छैन । त्यसैले जतिसक्दो धेरै सहयोग गर्नुपर्छ ।’ सबैले सबैलाई दिएर बाँच्ने नीति अवलम्वन गर्नुपर्ने उनले बताए ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ शौचालय निर्माण गरिदिने लायन्स क्लबहरू प्रति आभार व्यक्त गरेका थिए । उनले सबैको साथ र सहयोग लिएर विन्ध्यवासिनी मन्दिरलाई नेपालकै नमूना बनाउने प्रयत्न गरेको बताए ।
लायन्सका मूल्यांकन कमिटीका संयोजक तीर्थलाल श्रेष्ठले लायन्सको निःस्वार्थ भाव शौचालय निर्माणले पनि झल्काएको धारणा राखे । रिजन चियर पर्सन जगन्नाथ तिमिल्सिनाले लायन्स विश्वकै उत्कृष्ट सामाजिक संस्था भएको बताए ।
समृद्धि लायन्सकी अध्यक्ष कुश्मा राणाको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन विन्दु श्रेष्ठले स्वागत, लायन्स क्लब अफ लेकसाइडका अध्यक्ष बलराम पहारीले धन्यवाद ज्ञापन र लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीका अध्यक्ष गोविन्द देवकोटाले सञ्चालन गरेका थिए । उक्त अवसरमा शौचालय निर्माणमा महत्वपूर्ण भूमिका खल्ने ई. सुजित विजुक्छेलाई सम्मान गरिएको थियो ।

सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु