पोखरा । पोखरा महानगरपालिका ३ को सृजनशील अपांगता सरोकार समिती नदिपुरलाई ५० हजार सहयोग प्रदान गरिएको छ । सोही वडाका बासिन्दा रहेका मेजर चन्द्र बहादुर पुन मगरले मंगलबार एक कार्यक्रमका बीच समितिलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
अपांग भएका ब्यक्तिहरुलाई सपांग मानिसहरुको साथ छ भन्ने भावना जगाउन सहयोग गरेको मेजर चन्द्र बहादुरले सहयोग पछि बताए । ‘अपांगता भएकाहरुलाई राज्यले नै पछि पारिरहेकोछ,’ चन्द्र बहादुरले भने, ‘कोही न कोही त उनीहरुको साथमा हुनुप¥यो । त्यसैले मैले सहयोग गरेको हुँ ।’
त्यस्तै सृजनशिल अपांग समाजको आयोजनामा भएको सात दिने अपांगता सम्बन्धी अभिमूखीकरण तथा प्राइमरी रिहाबीटेशन थेरापी तालीम पनि मंगलबार समापन भएको छ । सृजनशील अपांग समाज कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा तालीमको समापन भएको हो । अध्यक्ष सिग्देलले तालीममा अपांगता भएका ब्यक्तिहरुसँगै त्यस क्षेत्रमा काम गर्ने, साथै अपांगता भएका परिवारका सदस्यहरु सहभागि भएका बताए ब्यक्तिहरुसँगै त्यस क्षेत्रमा काम गर्ने, साथै अपांगता भएका परिवारका सदस्यहरु सहभागि भएका बताए ।
‘अपांगता भएका ब्यक्तिहरुलाई सरल र सहज वातावरणमा जीउन कसरी सकिन्छ, कानुनी कुराहरु केके छन भन्नेबारे जानकारी दिनका लागि तालीम दिइएको हो,’ उनले भने, ‘तालीममा ह्वीलचियर कसरी चलाउने, अपांगहरुको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय सन्धीहरुमा के उल्लेख भन्नेबारे पनि जानकारी गराइयो ।’
उनले सपांग ब्यक्तिहरुले मानसिकता परिवर्तन गरेर मात्र अपांगता भएकाहरुको मुद्धा टुंगोमा पुग्ने बताए । तालीम सृजनशील अपांग समाजको आयोजना, फुलबारी सेवा केन्द्र शुक्ला गण्डकी तनहुँको सहयोग र वडा स्तरिय अपांगता सरोकार समिति पोखरा ३ को समन्वयमा भएको हो ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो