पोखरा । पोखरा महानगरपालिका ३ को सृजनशील अपांगता सरोकार समिती नदिपुरलाई ५० हजार सहयोग प्रदान गरिएको छ । सोही वडाका बासिन्दा रहेका मेजर चन्द्र बहादुर पुन मगरले मंगलबार एक कार्यक्रमका बीच समितिलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
अपांग भएका ब्यक्तिहरुलाई सपांग मानिसहरुको साथ छ भन्ने भावना जगाउन सहयोग गरेको मेजर चन्द्र बहादुरले सहयोग पछि बताए । ‘अपांगता भएकाहरुलाई राज्यले नै पछि पारिरहेकोछ,’ चन्द्र बहादुरले भने, ‘कोही न कोही त उनीहरुको साथमा हुनुप¥यो । त्यसैले मैले सहयोग गरेको हुँ ।’
त्यस्तै सृजनशिल अपांग समाजको आयोजनामा भएको सात दिने अपांगता सम्बन्धी अभिमूखीकरण तथा प्राइमरी रिहाबीटेशन थेरापी तालीम पनि मंगलबार समापन भएको छ । सृजनशील अपांग समाज कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा तालीमको समापन भएको हो । अध्यक्ष सिग्देलले तालीममा अपांगता भएका ब्यक्तिहरुसँगै त्यस क्षेत्रमा काम गर्ने, साथै अपांगता भएका परिवारका सदस्यहरु सहभागि भएका बताए ब्यक्तिहरुसँगै त्यस क्षेत्रमा काम गर्ने, साथै अपांगता भएका परिवारका सदस्यहरु सहभागि भएका बताए ।
‘अपांगता भएका ब्यक्तिहरुलाई सरल र सहज वातावरणमा जीउन कसरी सकिन्छ, कानुनी कुराहरु केके छन भन्नेबारे जानकारी दिनका लागि तालीम दिइएको हो,’ उनले भने, ‘तालीममा ह्वीलचियर कसरी चलाउने, अपांगहरुको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय सन्धीहरुमा के उल्लेख भन्नेबारे पनि जानकारी गराइयो ।’
उनले सपांग ब्यक्तिहरुले मानसिकता परिवर्तन गरेर मात्र अपांगता भएकाहरुको मुद्धा टुंगोमा पुग्ने बताए । तालीम सृजनशील अपांग समाजको आयोजना, फुलबारी सेवा केन्द्र शुक्ला गण्डकी तनहुँको सहयोग र वडा स्तरिय अपांगता सरोकार समिति पोखरा ३ को समन्वयमा भएको हो ।
सम्बन्धित खबर
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’