पोखरा : दाह्री ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा आइतबार गरिएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ ।
पोखरामा दाह्री ग्याङ स्थापना भएपछि यो चौथो रक्तदान कार्यक्रम हो । वार्षिक रुपमा दाह्री ग्याङले रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
हेर्नुहोस्:
पहिलो वर्षः पोखरामा दाह्री ग्याङको रक्तदानमा १०३ युनिट संकलन (फोटो फिचर)
दोस्रो वर्षः दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’, १६५ युनिट संकलन(फोटो फिचर)
तेस्रो वर्षः पोखराका दाह्री युवाहरुको ‘युवा दिवस’ मा गज्जब कार्यक्रम, २०१ युनिट रक्त संकलन (फोटो फिचर)
नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा गरिएको रक्तदान कार्यक्रमबाट १२० युनिट रगत संकलन भएको हो ।
संयोजक बसन्त पहारीका अनुसार पहिलो रक्तदाता जगदीश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा दारी ग्याङ पोखराका संस्थापक संयोजक शेखर गौतम, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका उपाध्यक्ष जितेन्द्र मान शाक्य, बसन्त विनोद, रञ्जन अधिकारी क्षेत्री, दिवस गुरुङ लगायतले मन्तव्य राखेका थिए ।
उक्त अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष तिर्थ राज अवस्थीले ५७ औ पटक रक्तदान गरे । यस्तै, बसन्त विनोदले ३७ औ पटक रक्तदान गरेका छन् । अवस्थीले स्वागत गरेको कार्यक्रममा पहिलो रक्तदाताको सक्रियता सहभागिताका साथै महिला दिदीबहिनीहरुको समेत सहभागिता रहेको कार्यक्रम संयोजक समेत रहेका पहारीले बताए । कार्यक्रमको सञ्चालन बिरेन्द्र पराजुली र विक्रम पाण्डेले गरेका थिए ।







सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ