पोखरा : यही जेठ १७ गते शुक्रवार पोखरा, चिप्लेढुङ्गा स्थित डि भिलेज रेष्टुरेण्टको सभाकक्षमा नेप्कम्स् सर्भिसेज पोखराको आयोजनामा एजुकेशन एण्ड करियर काउन्सलिङ्ग २०१९ हुने भएको छ । उक्त कार्यक्रममा कक्षा १२ को परिक्षा दिएर बसेका, व्याचलर र मास्टर्स कोर्ष गर्न विदेश जान चाहना भएका विद्यार्थीहरुले सहभागी हुन सक्छन् ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले मिस नेपाल वल्र्ड २०१६ अश्मि श्रेष्ठलाई भेट्ने मौका पाउनुका साथै सफल भविष्य निर्माणको लागि अश्मि श्रेष्ठ द्धारा करियर काउन्सलिङ्ग सम्बन्धी सल्लाह सुझाव दिनुहुनेछ । साथै युवा मोटीभेटर अन्तिम गुरुङ्गले आफ्नो द पावर अफ पजिटिभ थिंकिङ्ग विषयमा बोल्नुहुनेछ ।
विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियाका कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुलाई भेटि विदेश अध्ययन सम्बन्धी विविध विषयमा जानकारी लिन सक्नेछन् । साथै विद्यार्थीहरुले अष्ट्रेलिया, युसए, युके, न्यूजिल्याण्ड अध्ययन सम्बन्धी काउन्सलिङ्ग, विदेशी विश्वविद्यालयहरुले प्रदान गर्ने स्कुलरसिप, टोफल, आइएलटिस, स्याट जस्ता तयारी कक्षाहरु सन्वन्धी सुचना प्रदान गरिनेछ ।
विद्यार्थीको एकेडेमिक र आइएलटिस सर्टिफिकेटको आधारमा अन द स्पट एसेस्मेण्ट, शैक्षिकस्तर राम्रो भएका विद्यार्थीले स्कलरसिप प्राप्त गर्न सक्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस ९क्ष्भ्ीत्क्० गर्न चाहेमा डिस्काउण्ट अफरको पनि व्यवस्था रहेको छ । विशेष गरी विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र अष्टे«लिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।
युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्टे«लिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके, थाइल्याण्ड जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं ।
पोखरा, काठमाडौं तथा अष्ट्रेलियामा हाम्रो कार्यालयहरु रहेको छ । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौ । नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?