तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा तनहुँको दमौलीमा शनिबार सचिन स्मृति खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
खुल्ला दौड प्रतियोगिताको उपाधी व्यास-६ सिसाघाटका सुरेन्द्र चापागाईले जितेका छन । उनको ८ किलोमिटरको दुरि ३२ मिनेट २४ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन ।
त्यस्तै भानु-१२ कोटगाउँका अनिल माझकोटिले ३३ मिनेट १० सेकेन्डकादुरि पार गर्दै दोस्रा भएका छ्न । उनि गतवर्ष प्रथम भएका थिए । ३३ मिनेट ३६ सेकेन्डका उक्त दुरि पार गर्दै व्यास-२ बाघबजारका अरुण कार्की तृतीय भएका छ्न ।
त्यसैगरि व्यास-३ का सरोज रानाले ३३ मिनेट ५४ सेकेन्डमा उक्त दुरि पार गर्दै चौथो भएका छ्न । त्यसैगरी कक्षा ७ मा अध्ययनरत समिर श्रेष्ठले ४९ मिनेट १ सेकेन्डमा उक्त दुरि पार गरि सान्त्वना भएका छ्न । त्यस्तै ५१ मिनेट ३ सेकेन्डमा उक्त दुरि पार गर्दै महिला तर्फबाट नम्रता गुरुङ प्रथम भएकी छ्न ।
उक्त दौड प्रतियोगितामा प्रथम हुने प्रतियोगिले नगद ८ हजार ५ सय, द्वितीय हुनेले नगद ५ हजार ५ सय, तृतिय हुनेले नगद ३ हजार ५ सय र सान्त्वना हुने दुई जनाले नगद १-१ हजार र प्रमाणपत्र प्राप्त गरेका छ्न ।
उक्त कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष विपिन श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि व्यास नगरपालिकाका प्रवक्ता एवं व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए ।
सो अवसरमा श्रेष्ठले खेलकुद स्वास्थ्यको लागि महत्त्वपूर्ण रहेको र खेलक्षेत्रमा कसैले पनि राजनीति गर्न नहुने बताए ।दमौलीमा खेलमैदान निर्माणमा आफू लागी परेको समेत उनले बताए ।
“स्वार्थ भन्दा माथी सेवा” एवम् “साथित्व र भातृत्व संगै सेवा ” भन्ने मुल नाराका साथ क्लबले विगतका वर्षदेखि गर्दै आएको सचिन स्मृति खुल्ला दौड प्रतियोगितालाइ यस वर्ष पनि निरन्तरता दिइएको हो ।
२०६९ साल चैत्र २६ गते कोलकत्तामा रोटरीको कन्फ्रेन्समा भाग लिन जाने क्रममा बस दुर्घटना भइ निधन भएका तत्कालिन सहसचिव स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा सन् २००३ देखि खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीले २००३ देखी हरेक वर्ष सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै आएको क्लबका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।
खुल्ला दौड प्रतियोगितामा ५९ जना धावकहरुको सहभागीता रहेको क्लबका प्रोफेसनल सर्भिस डिरेक्टर विशाल श्रेष्ठले जानकारी दिए ।
स्थानीय धावकहरु लाई मात्रै यस्तो अवसर दिएर गरिएको प्रतियोगिताले स्थानीय धावकहरुको मनोबल बढेको उक्त दौडमा प्रथम हुने सुरेन्द्र चापागाईले बताए । दौडको रुट दमौलीको अनसन चौतारी देखि सफासडक तालघरे हुँदै घाँसिकुवा पुगि सोहि रुट फिर्ता भइ पुन अनसन चौतारी रहेको थियो ।
उक्त दौडको रुट ८ किलोमिटरको रहेको थियोे । यो रोट्रयाक्ट क्लब अफ दमौलीको मुख्य कार्यक्रम समेत हो । कार्यक्रमको संचालन क्लबका पुर्व अध्यक्ष सन्तोष श्रेष्ठले गरेका थिए ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो