काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको लडाकु समूहले सोलुखुम्बुमा प्रहरी चौकीमाथि भौतिक आक्रमण गर्ने प्रयास स्थानीयको सूचनाका कारण असफल भएको छ । नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेका थिए ।
गएराति १२ बजे स्थानीयले हतियारसहित प्रहरी चौकीतर्फ गइरहेको विप्लव समूहलाई देखेपछि प्रहरीलाई सुरक्षित रहन खबर गरेका थिए । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘चौकीमा चारजनाको मात्र टोली थियो । स्थानीयको खबरपछि प्रहरी हतियार लगेर सुरक्षित स्थानमा गएर बस्यो । विप्लवको लडाकु समूहले चौकी खानतलासी गरे । तर अन्य सामानमा भने क्षति गरेनन् । उनीहरु हतियार लुट्न आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।’’ उनीहरु २५ जनाको समूहमा रहेको बताइएको छ ।
राति चौकी छाडेर भागेका प्रहरी बिहान ७ बजेमात्रै चौकीमा फर्किएका थिए । प्रहरी अधिकारीले आधिकारीक रुपमा भने घटनाको पुष्टि गर्न अस्वीकार गरेका छन् । प्रहरी चौकी निकै दुर्गम स्थानमा पर्छ । सदरमुकामदेखि करिब २५ कोस टाढा रहेको सो गाउँ विकट भएपछि सुरक्षाकर्मीको सहज उपस्थिति हुन नसकेको हो ।
सो गाउँमा सवारी साधन समेत पुगेको छैन । केही समयअघि सुरक्षा संयन्त्रलाई विप्लव समूहले पहाडी विकट इलाकाका प्रहरी चौकीमा आक्रमण गर्नसक्ने सूचना प्राप्त भएको थियो । शंकास्पद गतिविधि रहेको सूचनापछि केन्द्रबाट ९ जना र प्रदेश नम्बर १ विराटनगरबाट २० जनाको सशस्त्र प्रहरी बलको विशेष टोली परिचालन गरिएको प्रवक्ता डिआईजी सुरज श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार काठमाडौंबाट हेलिकप्टरमा प्रहरीको टोली घटनास्थलतर्फ गएको हो । नेपाल प्रहरी र सशस्त्रको सयुक्त टोलीले हतियारधारी समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अपरेसन सुरु गरेको छ । नेपाल प्रहरीले पनि काठमाडौंबाट र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरेको छ । baahrakhari
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग