काठमाडौं– कुपन्डोलस्थित सर्वाङ्ग स्वास्थ्य सदन अस्पतालले न्यूनतम पारिश्रमिक नदिई १३ जना कामदारलाई कामबाट निष्कासन गरेको छ।
अस्पतालले गत बुधबारदेखि १३ जना कामदार लाई कामबाट निकालेको हो। कर्मचारीले न्यूनतम पारिश्रमिक माग गरेपछि अस्पतालले उनीहरुलाई ‘अभद्र व्यवहार र न्यूनतम पेसागत मर्यादा कायम नगरेको पत्र बुझाउँदै कामबाट निष्कासन गरेको हो।
अस्पतालमा २५ वर्षदेखि विभिन्न पदमा कार्यरत कर्मचारीले न्यूनतम तलब नपाएको भन्दै आवाज उठाउँदै आएका थिए। तर अस्पतालले भने बेवास्ता गर्दै आएको कर्मचारीको आरोप छ।
अस्पतालले न्यूनतम पारिश्रमिक उपलब्ध नगराएपछि ल्याबमा काम गर्ने सुरेन्द्र चौधरी लगायत अन्य केही श्रमिकले आफूहरुले न्यूनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधा नपाएको भन्दै श्रम कार्यालय टेकुमा २०७५ फागुन २१ गते उजुरी दिएका थिए।
उजुरी परेपछि छलफलका लागि श्रम कार्यालय टेकुले पटकपटक पत्र काटेको थियो। ३ पटकभन्दा बढी पत्र काटेपछि मात्रै सर्वाङ्ग अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सइिओ) सुशील खनाल र ध्रुव पौडेल श्रम कार्यालय टेकुमा उपस्थित भएका थिए।
सिइओ खनाल र पौडेल तथा सर्वांगमा कार्यरत कर्मचारीबीच श्रम कार्यालय टेकुमा ०७६ वैशाख ४ गते श्रम ऐन अनुसारको पारिश्रमिक तथा सेवा सुविधा जेठ १५ गतेदेखि उपलब्ध गराउने सम्झौता भएको थियो।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ