तनहुँ । लोप हुँदै गएको सिप्लिगानको बीउ उत्पादन गर्ने उद्देश्यसहित तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा सिप्लिगानको स्रोतकेन्द्र निर्माण गरिने भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा सिप्लिगानको स्रोतकेन्द्र बनाउन लागेको हो ।
स्रोतकेन्द्र बनाउन सामुदायिक वनको नाङ्गेडाँडामा विश्व वातावरण दिवसका अवसरमा बुधवार सिप्लिगानका बिरुवा रोपण गरिएको छ । डिभिजन वन कार्यालयका प्रमुख केदार बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, मनोज रानाभाट, वन समूहका अध्यक्ष ईश्वरबहादुर रानाभाटलगायत उपभोक्ताले सिप्लिगानको बिरुवा रोपेका छन् ।
स्रोतकेन्द्र स्थापनाका लागि कार्यालयले चार लाख लगानी गरेको बरालले जानकारी दिए । उनका अनुसार कार्यालयको आर्थिक, प्राविधिक सहयोग र उपभोक्ताको सहभागितामा सिप्लिगानको स्रोतकेन्द्र निर्माण हुनेछ । स्रोत केन्द्र निर्माणका लागि नाङ्गेडाँडामा पाँच हजार सिप्लिगानका बिरुवा रोपण गरिनेछ ।
‘लोप हुँदै गएको सिप्लिगानको संरक्षण गर्दै बीउ उत्पादन गर्ने उद्देश्यसहित स्रोतकेन्द्र स्थापना गर्न लागेका हौं,’ प्रमुख बरालले भने, ‘मध्य पहाडी भागमा पाइने सिप्लिगानको बजारमा निकै ठूलो माग छ ।’ बरालका अनुसार सिप्लिगान औषधीय गुण भएको मध्यम आकारको रुख वर्गमा पर्ने वनस्पति हो । उनका अनुसार सिप्लिगानलाई उच्च रक्तचाप, चिनीरोग, पिसाबसम्बन्धीलगायत रोगको औषधिका रुपमा प्रयोग गर्न सकिन्छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन