श्यामशितल परियार , लमजुङ : सुन्दरबजार नगरपालिका–६, पुरानोडिहीका किसान खेतबारीमा लगाइएका फलफूल तथा तरकारी खेती बाँदरले सखाप पारिदिँदा हैरान छन् । स्थानीय बाँदर धपाउनकै लागि बिहानदेखी बेलुकीसम्म खेतबारीमा बस्न बाध्य छन् ।
‘खेतबारीमा लगाइएको काक्रो, घिरौँला लगायतका तरकारी, मकै खेती र फलफूल खाएर बाँदरले सखापै पारेको छ,’ स्थानीय विपिन्द्र रेग्मीले भने, ‘खेतीबाली जोगाउन किसानलाई बिहानदेखी बुलेकीसम्म खेतबारीमा बस्नुपर्ने बाध्यता छ ।’
पछिल्लो समय गाउँमा मानिसको बसोबास कम हुँदै गएको छ । गाउँका जमिन बाँझै छन् । गाउँ जंगलको रुपमा परिणत हुँदै गएका छन् । ‘गाउँमा बस्ती पातलिदैँ गएको छ । गाउँ जंगलको रुपमा परिणत हुँदै जान थालेको छ । त्यसैले गाउँमा बाँदर आतंक बढ्दो छ,’ उनले भने ।
खेतबारी लगाइएको खेतीबाली बाँदरले खाएर सखाप पार्न थालेसंगै अहिले स्थानीय व्यवसायिक अदुवा खेतीमा जुटेका छन् । बजार मूल्य पनि राम्रो, कम, समय श्रममा मनग्य आर्जन गर्न सकिने र बाँदरले पनि नखाने भएकाले किसानहरु बाँझो जमिनको उपयोग गर्दै सामूहिक अदुवा खेतीमा जुटेका हुन् ।
तल्लो पुरानोडिहीका ३९ सदस्य आवद्ध रहेको पौरखी कृषक समूहले स्थानीय राजु खनालको १० रोपनी पाखो जमिन भाडामा लिएर सामूहिक अदुवा खेती सुरु गरेको हो । स्थानीय किसानलाई सामूहिक अदुवा खेतीका लागि सुन्दरबजार नगरपालिका वडा नं ६ ले चालु आर्थिक वर्षमै १ लाख ३५ हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष रघुनाथ मिश्रले बताए ।
‘खेतबारीमा लगाएको खेतीबाली बाँदरले खाइदिएर किसानहरु हैरान थिए । उनीहरुलाई सामूहिक अदुवा खेतीका लागि वडा कार्यालयले सहयोग गरेको छ,’ उनले भने, ‘अदुवा खेतीबाट कम श्रम, लगानीमा धेरै आम्दानी लिन सकिने, बाँदरले पनि नखाने भएकाले पनि किसानहरु अदुवा खेतीमा लागेका छन् ।’ उपल्लो पुरानोडिहीका किसानलाई पनि सामूहिक अदुवा खेतीका लागि वडा कार्यालयले ६५ हजार रुपैयाँ छुट्याएको उनले बताए ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह