विश्वकै पहिलो पटक सगरमाथाको सफल आरोहण गर्ने एचआईभी संक्रमित श्रेष्ठ सम्मानीत

विश्वकै पहिलो पटक सगरमाथाको सफल आरोहण गर्ने एचआईभी संक्रमित श्रेष्ठ सम्मानीत

gopal shrestha

विश्वकै पहिलो पटक सगरमाथाको आरोहण गर्ने एचआईभी संक्रमित व्यक्तिका रुपमा रेकर्ड राख्न सफल पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोकका गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले सम्मान गरेको छ । गत जेठ ८ गते सगरमाथाको सफल आरोहण गरेका श्रेष्ठलाई महानगरपालिकाका मेयर मानबहादुर जिसीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

मेयर जिसीले श्रेष्ठको साहसिक प्रयास सफल भएकोमा बधाई दिँदै धैर्य साथ लागिरहे लक्ष्यमा अवश्य पुग्न सकिन्छ भन्ने सन्देश श्रेष्ठले आममानिसलाई दिएको धारणा राखे ।

‘एचआइभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी छ’, श्रेष्ठले भने,‘ हामी पनि सवल छौं भन्ने सन्देश दिन सगरमाथा चढेको हुँ, मलाई सहयोग गर्ने सबैप्रति आभारी छु ।’ आरोहणको अनुभव सुनाउँदै श्रेष्ठले सबैको सद्भावले सगरमाथाको चुचुरोमा पुग्न बल पुगेको प्रस्टाए ।

सम्बन्धित समाचार :-

http://gandaknews.com/gopal-shrestha/

http://gandaknews.com/gopal-shrestha-sagarmatha/

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ