बाँके : भारतीय गोर्खा सैनिक छनौटमा सहभागी युवाबाट रकम उठाउने पाँच जनालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेललेपक्राउ परेका पाँचजनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको जानकारी दिए ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर-७ का रामकाजी पाण्डे र अर्जुन पौडेल, कास्की पोखरा महानगरपालिका-१८ का सुजाता पाठक र शर्मिला अधिकारी तथा रुपन्देही तिलोत्तमा नगरपालिका-९ का निरबहादुर थापालाई नेपालगञ्जको होटल बाटिकाबाट पक्राउ गरिएको हो ।
उनीहरुले छनौटपछि लिखित परीक्षाको प्रश्नपत्र दिलाइदिने भन्दै रकम असुल गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । भर्ना हुन आएका दुई जना युवाले लिखित जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिबाट ३८ लाख १० हजार रुपिया नगद बरामद गरिएका कारण धेरैजना युवाबाट रकम असुल भएको हुन सक्ने डिएसपी सापकोटाले बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले ठगिएका युवायुवती र अभिभावकलाई निवेदनसहित सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जमा असोज १६ देखि २१ गतेसम्म भारतीय गोर्खा सैनिकको प्रारम्भिक छनौट भएको थियो ।ujyaaloonline
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार