पोखरा : पोखरा १७ र २१ जोड्ने फुस्रेखोला ट्रस्टपुल फलामे सामान उपलब्ध नहुँदा निर्माणमा ढिलाइ भएको छ । पोखरा महानगर र एसडब्लुएपी नेपालको सहयोगमा निर्माणाधीन उक्त ट्रस्ट पुलको उपभोक्ता समितिले गर्ने काम सकिए पनि फलामका सामग्री उपलब्ध नहुँदा रोकिएको हो ।
गत वैशाख १९ गते औपचारिक सुरुआत भए पनि वास्तविक काम गत चैत २४ बाट भएको थियो । ३२ मिटर लम्बाइको फुस्रेखोला ट्रस्ट पुल निर्माणमा करिब २५ लाख १७ हजार २ सय ६७ लागत अनुमान गरिएको उक्त पुलका काम अहिले ठप्प छ ।
खोलाको बहाब दिनप्रति दिन बढिरहेकाले पोखरा २१ मा अवस्थित युवाज्योति आधारभूत विद्यालयमा पढ्न जाने विद्यार्थी स्कुल जानबाट बञ्चित हुने अवस्था आएका छ । सोही क्षेत्र आसपासमा ३ सय ६३ घरधुरी छन् । त्यहाँका स्थानीयलाई खानेपानीको अभावका साथै आवतजावतमा समेत कठिनाइ भएको स्थानीयले गुनासो गरेका छन् ।
पोखरा महानगर तथा जिल्ला समन्वय समितिको प्राविधिक शाखाबाट फलामा उपलब्ध गराउन भएको ढिलाइको असर पुलमा देखिएको फुस्रेखोला ट्रस्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए । आयोजनाको निर्माण कार्यअवधि आगामी असार १४ गते सकिँदै छ । तर कामले निरन्तरता नपाउँदा आयोजना समयमा सम्पन्न हुनेमा शंका पैदा भएको छ ।
‘जेठ २६ गते बिहान स्कुल जाने बेला १ विद्यार्थीलाई खोलाले बगाएकोमा सकुशल उद्धार गरियो तर यस्ता घटनाहरु दिनहुँ जसो नै हुने गरेका छन्, यो चिन्ताको विषय हो,’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्काले भने ।
पुल निर्माण सम्पन्न गर्ने समय नजिकिँदै गर्दा जिल्ला समन्वय समितिको प्राविधिक शाखाले फलाम निर्माणमा केही ढिलाइ हुने भन्दै केही दिनमा सामान उपलब्ध गराउने आश्वासनमात्र दिएको निर्माण समिति सचिव देवबहादुर विकले बताए ।
वडाले समन्वयमात्र गरेको हुँदा उपलब्ध हुने बजेट, उपकरण लगायतका सेवासुविधा महानगर र जिल्ला समन्वय समितिले गर्ने उनको भनाइ थियोे । पोखरा महानगरबाट प्राविधिक संस्थाको रुपमा नौलो घुम्ती नेपाल संस्थालाई छनोट गरिएको थियो । जुन संस्थाले पुलको निर्माण कार्य अनुगमन गर्छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ