लमजुङ — बिहानै, दिउँसै जाँडरक्सी खाने र काम नगर्ने । साँझ र राति घरमा झैंझगडा हुने । रक्सी सेवन गरेका पुरुषबाट आजित भएपछि अशान्ति फैलिएको भन्दै बेंसीसहर नगरपालिका–६ सारिङका महिलाले जाँडरक्सी खाने र बेच्नेलाई कारबाहीको निर्णय गरेका छन् ।
‘जाँडरक्सी खाने र बिक्रीवितरणले गाउँमा अशान्ति भयो । झगडा भयो । हिंसात्मक घटना बढे । त्यसैले यसको नियन्त्रण अभियानमा छौं,’ स्थानीय मीना राउतले भनिन्, ‘कसैगरी सम्झाएर नहुने, उल्टै झगडा गर्न आउने । एकले सम्झाएर भएन भनी गाउँ समाजका महिला सबै लागेका छौं ।’
राउतगाउँ, बोहरागाउँ, छघर, फाँटगाउँ, कटरबोट, कान्ले, भण्डारीगाउँ, कुर्पुन, खत्रीगाउँ, कोल्मराङ, रादल टोललगायतका महिलाले जाँडरक्सी नियन्त्रणका लागि समिति नै बनाएर अभियान चलाएका छन् । क्षितिज आमा समूह गठन गरी जाँडरक्सी नियन्त्रण अभियान सञ्चालन गरेको अध्यक्ष पार्वती बोहराले बताइन् ।
उनीहरूले गाउँमा मदिरा बनाउन, बिक्रीवितरण र सेवन गर्न रोक लगाएका हुन् । यस्तै, सहररबजारबाट जुनसुकै किसिमको मदिरा ल्याउन र प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ । मदिरा सेवन गर्ने र बिक्री गर्नेलाई पहिलो पटक ५ सय रुपैयाँ जरिवाना तोकिएको छ ।
अटेर गरी दोस्रोपटक बिक्रीवितरण र सेवन गरेमा १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ ।तेस्रोपटक पनि अटेरी गरे कानुनी कारबाहीका लागि प्रहरीमा बुझाइने अध्यक्ष बोहराले बताइन् ।kantipurdaily
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ