पोखरा । आन्तरिक राजश्व बृुुद्धि गर्ने लक्ष्यका साथ अघि बढेको गण्डकी प्रदेश सरकारले ५ प्रतिशत सवारी कर बढाउने भएको छ । प्रदेश सरकारले यस अघि कायम गरेको बस्तु तथा सेवाको कर यथावत नै राखेपनि यातायात करमा ५ प्रतिशत बृद्धि गरेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशमा सञ्चालन भईरहेको मध्य करिब ७५ प्रतिशत सवारी साधनहरु अन्य प्रदेशमा दर्ता हुने गरेको बताउँदै मन्त्री गुरुङले अबदेखि गण्डकीबाटै दर्ता भई सञ्चालन गर्न चाहानेहरुका लागि २५ प्रतिशत छुट दिने बताए ।
‘२०७६ चैत्र मसान्तसम्म अन्य प्रदेशमा दर्ता भई सवारी सञ्चालन गरेका सवारी धनीले यस प्रदेशका यातायात व्यवस्था कार्यालयमा दर्ता स्थानान्तरण गर्न आएमा लाग्ने दर्ता शुल्क तथा सवारी करमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ’ उनले भने, ‘भन्सार बिन्दुबाट आयात गर्दाकै बखत प्रदेशस्थित यातायात कार्यालयमा दर्ता हुन आएका सवारी धनीलाई समेत लाग्ने सवारी कर तथा दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ । प्रदेशको घाटा बजेटलाई समेत समेट्न हामीले ५ अर्ब आन्तरिक राजश्वबाट पुर्ति गर्न सक्छौं । हाम्रो अधिकार क्षेत्र भित्र यातायात पर्छ जसबाट सबै भन्दा धेरै राजश्व संकलन हुने हामीले अपेक्षा गरेकाछौं ।’
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन